• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

  • वीरगंज संजाल
  • १८ चैत्र २०८२, बुधबार २०:४९
  • १२३७

    हरिद्वार । श्री करौली शंकर महादेव धाम, मिश्री मठका सर्वोच्च प्रमुख करौली शंकर महादेव महाराजको पट्टाभिषेक समारोह श्री पञ्चायती अखाडा नयाँ उदासीन निर्वाणमा सन्त–महन्त तथा विशिष्ट महानुभावहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमार्फत उहाँलाई नयाँ उदासीन निर्वाण अखाडाको महामण्डलेश्वर पदमा अभिषेक गरिएको हो।

    पट्टाभिषेक विधि मुखिया महन्त भगतराम जी महाराज, मुखिया महन्त आकाश मुनि जी, मुखिया महन्त मंगलदास जी, अध्यक्ष महन्त धुनीदास जी महाराज तथा अन्य पदाधिकारीहरूको उपस्थितिमा वैदिक परम्पराअनुसार सम्पन्न गरिएको थियो। तिलक–चादर तथा अभिषेक विधि मुखिया महन्त जगतार मुनि जी र अध्यक्ष महन्त गोपालदास जी महाराजले सम्पन्न गराएका थिए।

    समारोहलाई सम्बोधन गर्दै प्रमुख महन्त भगतराम जी महाराजले करौली शंकर महादेव योग, मन्त्र दीक्षा, ध्यान तथा भारतीय संस्कृतिका संवाहक भएको बताउँदै सन्तहरूको जीवन मानवसेवा र परोपकारमा समर्पित रहने उल्लेख गर्नुभयो। उहाँले करौली शंकर महादेवले देश तथा विश्वभर मानव जातिलाई दुःखबाट मुक्त गराउने आध्यात्मिक अभियान सञ्चालन गरिरहेको बताउनुभयो।

    श्री पञ्चायती अखाडा नयाँ उदासीन निर्वाणका सचिव प्रमुख महन्त जगतार मुनि जीले करौली शंकर महादेवलाई महामण्डलेश्वर पदमा नियुक्त गरिएको जानकारी दिँदै अखाडाको परम्परा, प्रतिष्ठा र गौरवलाई अझ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो।

    अखिल भारतीय अखाडा परिषद्का राष्ट्रिय अध्यक्ष तथा महानिर्वाणी अखाडाका सचिव महन्त रविन्द्र पुरी जी महाराजले शुभकामना व्यक्त गर्दै करौली शंकर महादेव मानवताको सेवामा समर्पित विशिष्ट सन्त भएको बताउनुभयो। उहाँका गुरु पण्डित श्री राधा रमण जी मिश्रलाई सनातन परम्पराका दुर्लभ साधकमध्ये एक मान्दै तन्त्र तथा आध्यात्मिक साधनालाई नयाँ दिशा दिएको उल्लेख गरियो।

    कार्यक्रममा विभिन्न अखाडा, सन्त समाज, धार्मिक अगुवा, जनप्रतिनिधि तथा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। क्याबिनेट मन्त्री प्रदीप बत्राले समारोहमा देखिएको विशाल उपस्थितिले करौली शंकर महादेवप्रति जनआस्था प्रष्ट भएको बताउँदै आगामी कुम्भ मेलालाई भव्य रूपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

    आफ्नो मन्तव्यमा करौली शंकर महादेव महाराजले गुरु परम्पराको मार्गदर्शनअनुसार सनातन संस्कृति र आध्यात्मिक परम्पराको संरक्षण तथा विस्तारमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। अखाडाले दिएको जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्ने उहाँको भनाइ थियो।

    महामण्डलेश्वर स्वामी हरिचेतानन्द जी महाराजले सञ्चालन गरेको उक्त समारोहमा विभिन्न अखाडाका महन्त, साधुसन्त, प्रशासनिक अधिकारी, जनप्रतिनिधि तथा देशभरबाट आएका भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भेनेजुएलामा शक्तिशाली भूकम्पले अहिलेसम्म ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते
  • तस्करीको एक करोडको बीउसहित ५ वटा गाडी सशस्त्र प्रहरीले गर्‍यो बरामद
  • कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्‍यो छानबिन समिति
  • जीतपुरसिमरा उपमहानगरद्वारा १ अर्ब ८७ करोडको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भेनेजुएलामा शक्तिशाली भूकम्पले अहिलेसम्म ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते

    तस्करीको एक करोडको बीउसहित ५ वटा गाडी सशस्त्र प्रहरीले गर्‍यो बरामद

    कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

    जीतपुरसिमरा उपमहानगरद्वारा १ अर्ब ८७ करोडको बजेट सार्वजनिक

    वीरगन्जमा आयाेजित रोजगार मेलामा २० जना विद्यार्थी रोजगारीका लागि छनोट

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    भेनेजुएलामा शक्तिशाली भूकम्पले अहिलेसम्म ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते

    तस्करीको एक करोडको बीउसहित ५ वटा गाडी सशस्त्र प्रहरीले गर्‍यो बरामद

    कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

    जीतपुरसिमरा उपमहानगरद्वारा १ अर्ब ८७ करोडको बजेट सार्वजनिक

    वीरगन्जमा आयाेजित रोजगार मेलामा २० जना विद्यार्थी रोजगारीका लागि छनोट

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    भेनेजुएलामा शक्तिशाली भूकम्पले अहिलेसम्म ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते

    News

    तस्करीको एक करोडको बीउसहित ५ वटा गाडी सशस्त्र प्रहरीले गर्‍यो बरामद

    News

    कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

    News

    जीतपुरसिमरा उपमहानगरद्वारा १ अर्ब ८७ करोडको बजेट सार्वजनिक

    News

    वीरगन्जमा आयाेजित रोजगार मेलामा २० जना विद्यार्थी रोजगारीका लागि छनोट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑