वीरगंज । पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय
पर्सा जिल्लामा उपभोक्ताबाट बढ्दो जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आज दोस्रो दिन पनि बजार अनुगमन गरिएको छ। आजको अनुगमनमा विशेषगरी वीरगञ्जस्थित रेल्वे रोड, नया बजार र त्रिशुल चौक क्षेत्रका विभिन्न आँप भण्डारण गोदामहरूमा निरीक्षण गरिएको हो।
यसका साथै, अलखिया मठ नजिकै रहेको होटल मकालु र शेर-ए-पञ्जाब होटलमा समेत अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
उपभोक्ताको स्वास्थ्य र हितलाई मध्यनजर गर्दै गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालयसहित वाणिज्य कार्यालय, नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
संबन्धित निकायहरूले अनुगमनको क्रममा पाइएको अवस्था अनुसार आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने जनाएका छन्।