• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

  • वीरगंज संजाल
  • २६ जेष्ठ २०८२, आईतवार १५:५१
  • ६९३

    वीरगञ्ज । पर्सा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ट्राफिक सप्ताह २०८२ को चौथो दिन आइतबार वीरगञ्जमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न भएका छन्।

    कार्यक्रमको उद्देश्य नागरिकमा सडक सुरक्षाबारे चेतना फैलाउने रहेको आयोजकले जनाएका छन्। यस अन्तर्गत निशुल्क आँखा जाँच सिविर, ट्राफिक सचेतना पर्चा तथा स्टिकर वितरण, सडक प्रयोगकर्तालाई व्यावहारिक ज्ञानजस्ता गतिविधि सञ्चालन गरिएको थियो।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टको नेतृत्वमा कार्यक्रम सञ्चालन गरिएको हो। निरीक्षक भट्टले नागरिकको सक्रिय सहभागिता र सहकार्यबिना सुरक्षित यातायात प्रणालीको परिकल्पना गर्न नसकिने बताए। उनले भने, “ट्राफिक सप्ताहलाई हामी नागरिक सहभागिता वृद्धि गर्ने अवसरका रूपमा लिएका छौँ।”

    नयाँ बसपार्क क्षेत्रमा आयोजित आँखा जाँच सिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालले प्राविधिक सहयोग पुर्‍याएको थियो। सवारी चालक, सहचालकलगायत १०७ जनाले आँखा परीक्षण गराएका थिए।

    कार्यक्रममा बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख निरोज चौलागाईं, ट्राफिक प्रहरीका गुणनिधि खकुरेल, श्रीपुर प्रहरी चौकीका प्रमुख, समाजसेवी दिलीप कार्की, वडा नं. ४ का अध्यक्ष जगत साह कानु, प्रभु अस्पतालका कर्मचारी, पत्रकार अभिलाष गुप्ता र दीपक चौरसियालगायतको उपस्थिति रहेको थियो।

    यसै क्रममा, साउथजोन मावि र एन्जल वर्ल्ड स्कूलका विद्यार्थीहरूको पनि उल्लेख्य सहभागिता देखिएको थियो। उनीहरूले व्यस्त चोकहरूमा खटिएर पैदल यात्रुहरूलाई जेब्रा क्रसिङ प्रयोग गर्न, सही दिशा र सडक पेटीबाट हिँड्न प्रेरित गरे।

    विद्यार्थीहरूले ट्राफिक सचेतनामूलक पर्चा वितरण गर्नुका साथै ट्राफिक शिष्टाचारसम्बन्धी जानकारीसमेत सार्वजनिक स्थानमा प्रवाह गरेका थिए।

    कार्यक्रम आयोजकहरूले जनमुखी र व्यवहारमैत्री यस्ता अभियानले ट्राफिक नियमप्रति नागरिकको चेतना अभिवृद्धि गर्ने र सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। ट्राफिक सप्ताहका बाँकी दिनहरूमा पनि यस्ता कार्यक्रम जारी राखिने जानकारी दिइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑