• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अब अनलाइनबाटै कोर्ट म्यारिजको निवेदन दिन सकिने, यस्तो छ प्रक्रिया

  • वीरगंज संजाल
  • १२ चैत्र २०८१, मंगलवार १९:१८
  • ९०५

    काठमाडौं । अबदेखि सर्वोच्च अदालतको वेबसाइटबाट नै अदालती विवाहका लागि निवेदन दिन मिल्ने भएको छ । मंगलबार अनलाइन दर्ताको प्रणाली सार्वजनिक गर्दै सर्वोच्चले विशेष किसिमका निवेदनहरू अनलाइनबाट नै सुरु गरेको हो ।

    अदालती विवाहका लागि दिइने निवेदनका साथै अब अनलाइनबाट नै संरक्षक प्रमाणित गर्न दिइने निवेदन, मृत्युको न्यायिक घोषणासम्बन्धी निवेदन, धर्मपुत्र वा धर्मपुत्री राख्ने अनुमति, गुठी सञ्चालक नियुक्तिका लागि दिइने निवेदन, प्राकृतिक व्यक्तिको दामासाही सम्बन्धी निवेदनको दर्तासहित १० प्रकारका विशेष किसिमका निवेदन अनलाइनबाट सुरु भएको सर्वोच्चका प्रवक्ता एवम् सह-रजिष्टार अच्युत कुइँकेलले जानकारी दिए ।

    उनका अनुसार देशका ७७ ओटै जिल्लाका अदालतमा अनलाइन दर्ता सुरु भएको छ । गत साउनदेखि सुरु भएको सर्वोच्चको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनामा न्यायिक कार्यमा डिजिटल प्रविधि अघि बढाउने योजना रहेकाले यो प्रणाली सुरु गरिएको उनले बताए ।

    यो प्रणालीले नागरिकलाई सजिलो बनाउने र न्यायिक कार्यमा पारदर्शिता समेत ल्याउने उनको भनाइ छ ।

    अदालती विवाह दर्ताको हकमा यसअघि सर्वोच्च अदालतमा सूचीकृत भएका कानुनी फर्मलाई मात्र अनलाइन दर्ता पेश गर्ने अनुमति दिइएको थियो । अब भने नागरिक आफैँले अनलाइनमार्फत दर्ता गर्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

    अनलाइन प्रक्रियाले अदालतमा सेवाग्राहीको लाइन कम गर्ने र न्यायिक काम छिटो तथा पारदर्शी बनाउने विश्वास लिइएको छ ।

    कुइँकेलका अनुसार अनलाइनबाट दिइने निवेदनमा सम्बन्धित अदालतले जतिसक्दो छिटो प्रक्रिया अघि बढाउने छ । “विशेष प्रकृतिका निवेदनहरूको पालो आउन धेरै समय लाग्दैन । अदालतले समय मिल्ने बित्तिकै जतिसक्दो छिटो समय दिन्छ ।”

    निवेदन कसरी दर्ता गर्ने ?

    यसका लागि सबैभन्दा पहिले सर्वोच्च अदालतको वेबसाइटमा जानुहोस् । त्यहाँ माथि ‘अनलाइन मुद्दा दर्ता’ मा गएर क्लिक गरी साइनअप गर्नुहोस् । ​वा तपाईँ यहाँबाट सोझै निवेदन दिन सक्नुहुन्छ ।

    साइनअप प्रक्रिया पूरा भएपछि युजरनेम र पासवर्ड राखेर लगइन गर्न सकिन्छ । त्यसपछि ‘मुद्दा व्यवस्थापन’ मा गएर चाहेको जिल्ला र कुन प्रकारको निवेदन दर्ता गर्ने भन्ने छनोट गर्नुपर्छ ।

    त्यहाँ तोकिएको विवरण भरेपछि उक्त निवेदन छनोट गरिएको जिल्ला अदालतको प्रणालीमा पुग्छ । त्यसपछि निवेदनको दर्ता ठीक छ कि छैन भन्ने हेरेर अदालतले थप कागजात पठाउनु पर्ने भएमा त्यसको जानकारी गराउनेछ ।

    अनलाइनबाट दिइने निवेदनको सेवा शुल्क ५०० रुपैयाँ तोकिएको छ । तोकिएको रकम निवेदन सेभ गरेर पछि तिर्न सकिन्छ वा तत्कालै अनलाइन भुक्तानी प्रणालीमार्फत पनि तिर्न सकिन्छ । यसका लागि कनेक्ट आईपीएस र मोबाइल वालेट (नेपाल पे) मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

    त्यसपछि अदालतले तोकेको समयमा उपस्थित भई भौतिक रूपमा कानुनी प्रक्रिया अघि बढाउन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑