• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दलितको घर भत्काएर महायज्ञको तयारी

  • वीरगंज संजाल
  • ७ चैत्र २०८१, बिहीबार १२:११
  • ६७३

    सिरहा । पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–५ स्थित सडक किनारमा दिपक मरिक (डोम) बस्ने नयाँ छाप्रो ठडिएको छ । त्यही छाप्रो पनि दुई वटा कोठामा विभाजन गरिएको छ । कोठाका दुवै दैलोमा भगवान् महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टाँसिएका छन् ।
    भगवानप्रति आस्था राख्ने यही परिवारलाई भगवानकै नाममा गर्न थालिएको महायज्ञका खातिर विस्थापित गरिएको हो । मरिकका परिवारले आस्थाका साथ मानिरहेका यिनै भगवानका नाममा यही चैत १७ देखि विष्णु महायज्ञ आयोजना हुँदैछ ।

    मरिकको परिवार त्यही महायज्ञस्थल नजिकै एउटा कुनामा पछिल्लो २५ वर्षदेखि सानो छाप्रोमा बस्दै आएको थियो ।
    महायज्ञ आयोजना गर्ने स्थानमा अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसीभी लगाएर गत फागुन १० गते मरिक परिवारको घर भत्काउन लगाए ।
    आयोजकले मरिकको घरमात्र भत्काएन, अछुतले छोएको ठाउँ भनेर घरले चर्चेको स्थानमा दुई फिट खनेर माटो फालिएको छ ।
    थातथलो भत्काएर मरिक परिवारलाई हाल श्री सुन्दर जनता माध्यमिक विद्यालय, औरहीको करिब २ धुर जग्गामा दुई कोठाको टिनले छाएको घर बनाएर राखिएको छ । त्यही घरमा मरिक दम्पतीसहित उनका दुई छोरा, दुई छोरी, एक बुहारी बस्दै आएको छ ।

    विगत २५ वर्षदेखि मरिक परिवारको थातथलो रहेको स्थानमा जनता आवास कार्यक्रमबाट ५ वर्ष अघि दुई कोठे पक्की भवन पालिकाले नै बनाइदिएको थियो । घर भत्काएर नयाँ ठाउँमा सारिदिएपछि मरिक परिवार बिचल्लीमा परेको छ ।
    छाप्रो निर्माण भए पनि उनीहरूसँग पानीको स्रोत छैन । बत्ती छैन । मरिककी पत्नी अनिताले भनिन्, ‘घर पनि हाम्रै काठपात र थोत्रो जस्ता हालेर ठड्याइदिएका छन् ।’
    वर्षौँदेखि बस्दै आएको ठाउँबाट आफूलाई सारिदिए पनि कुनै सुविधा नरहेको उनको गुनासो छ । ‘बिजुली छैन, पानी छैन । गाउँबाट पानी मागेर एक महिनादेखि गुजारा गरिरहेको छु,’ उनले भनिन् ।
    पुरानो बासस्थानबाट तिमीहरू हट्नु पर्छ भनेर गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादवले दबाब दिएको अनिता बताउँछिन् ।
    उनले भनिन्, ‘हामी सपरिवार दुःखसुख त्यहाँ बस्दै आएका थियौँ । यज्ञ लगाउने भनेर हामीलाई त्यहाँबाट हट्नु पर्छ भनेका थिए । तर, हामी श्रीमान्–श्रीमती घरमा नभएको बेला डोजर लगाएर घर भत्काइदिए । हामी निरीहले के प्रतिकार गर्न सक्नु ?’
    १० दिन अघि छोराको विवाह गरेर बुहारी भित्र्याएको बताउँदै उनले घर भत्काउने बेलामा छोरा–बुहारी र छोरी मिलेर सकेजति सामान निकालेको तर झिक्न नभ्याएको सामान त्यहीँ पुरिएको गुनासो गरिन् ।
    आमासँग कुराकानी गरेको सुनिरहेका अनिताकै कान्छो छोरा आकाशले रातोपाटी संवाददातासँग ‘अब त्यो बाबाजीलाई समात्नुहुन्छ हो ?’ भनेर प्रश्न गरेका थिए । लगत्तै उनले भने, ‘हाम्रो घर भत्काउन लगाएको उसैले हो, त्यसलाई समातेर लैजानु ।
    पालिका अध्यक्ष शिवजी यादवले मरिक परिवारको घर भत्काइदिएको स्वीकार गरे । उनले भने, ‘त्यहाँ कृषि बजार लगाउन ३ करोडमा टेन्डर लागेको छ । त्यहाँ कम्पाउन्ड वाल लगाउनु छ । त्यसकारण भत्काएको हो ।’
    कृषि बजार बनाउने भनेको स्थानको उत्तरी भागमा ऐलानी जमिनमै बसेका गैरदलितहरूको घर भने जस्ताको तस्तै छन् । उनीहरूलाई भने हटाइएको छैन ।
    मरिक परिवार बस्दै आएको घर भत्काए पनि अर्को स्थानमा पुनर्स्थापना गरिदिएको भन्दै पालिका अध्यक्ष यादवले सो स्थानमा यज्ञ आयोजना गर्न लागिएको प्रस्ट पारे । क्याम्पस बनाउन यज्ञ आयोजना गर्न लागिएको उनको भनाइ थियो ।
    सामाजिक भलाइकै लागि यज्ञ बनाउन लागिएको हो, अछुत भनेर घर भत्काएको होइन,’ उनले भने । यस घटनालाई मिडियामा नचर्काउन पनि उनले आग्रह गरे ।
    पूर्व वडाध्यक्ष दिलीप यादवले पनि मरिक परिवार बस्दै आएको घर भत्काएको स्वीकार गरे । ‘उनीहरू बस्दै आएको घर भत्काएको भए पनि हामीले नयाँ घर बनाइदिएका छौँ,’ उनले भने, ‘यसमा हाम्रो के गल्ती भयो त ?’
    पूर्व वडाध्यक्ष यादव हाल जनमत पार्टीका औरही पालिका अध्यक्षसमेत हुन् ।
    औरही पालिकामै घर भएका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कवुली पासवानका अनुसार त्यहाँ ५ घर दास तत्माहरूको घर छ । अरू कसैको घर भत्काइएन तर एक घर मरिक (डोम) को घर भत्काउनका साथै त्यहाँको माटो समेत खनेर फालियो ।
    बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किए । यो सरासर छुवाछुतको अपराध हो,’ पासवानले भने, ‘दोषी बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवमाथि कानुन बमोजिम कारबाही गर्न सरकारसँग माग गर्दछु ।’
    पासवानले राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगको समेत ध्यानाकर्षण गराउँदै घटनाको छानबिन गर्न आह्वान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑