बारा । सिकिन्द्र साह | तराई मधेश जागरण अभियान अन्तर्गत बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–६ सलेमपुर टोलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद अछेलाल प्रसाद कुशवाहाकी श्रीमती उर्मिला देवीसँग भेटघाट गरेका छन्।
२०६० सालमा माओवादी द्वन्द्वकालमा मृत्यु भएका कुशवाहाका परिवारलाई सम्मानस्वरूप प्रचण्डले उहाँकै निवासमा पुगेर भेट गरेका हुन्। सहिद परिवारले पूर्वप्रधानमन्त्रीलाई खादा अर्पण गरी स्वागत गरेका थिए।
यस भेटघाटमा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू, बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, वाईसीएल नगर अध्यक्ष कुन्दन कुशवाहा, स्थानीय नेता भोजेन्द्र यादवलगायतको उपस्थिति रहेको थियो।
नेता सन्तोष कुशवाहाका अनुसार, अध्यक्ष प्रचण्ड र गंगा दाहालको बसाइँ सहिद परिवारकै घरमा व्यवस्था गरिएको थियो। कार्यक्रममा सहिद परिवारले सहिदको योगदानलाई उचित सम्मान र संरक्षणको माग समेत गरेका थिए।