• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नयाँ नेताको खोजीमा नागरिक, पर्सा तीनमा रुपेश पाण्डेयको क्रेज बढ्दै

  • वीरगंज संजाल
  • २ चैत्र २०८१, शनिबार १४:५८
  • ८६९

    पोखरिया। शैलेश गुप्ता । पछिल्लो समय मुलुकभर नयाँ नेतृत्वको खोजी भइरहेको छ । पूराना राजनीतिक दल र नेताहरूबाट विकासको ढोका खुल्न नसकेको भन्दै नागरिकस्तरबाटै नयाँ नेता र नेतृत्वको खोजी भइरहेको छ ।

    गाउँ गाउँमा पछिल्लो समय नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने जनमत बलियो बन्दै गइरहेको छ । खासगरी २०४७ पछिको राजनीतिक परिवर्तनपछि उदाएका नेताहरुबाट अपेक्षित गतिमा गाउँ विकासको काम हुन नसकेको नागरिक स्तरबाट गुनासो बढ्दै गएको छ ।

    पछिल्लो समय आगामी निर्वाचन २०८४ लाई लक्षित गरी नागरिकहरू नयाँ नेताहरूको खोजी गर्न थालेका छन् । जसमध्ये पर्सा क्षेत्र नम्बर तीनमा रुपेश पाण्डेको पक्षमा नागरिकको मत बढ्दो देखिएको छ ।

    नागरिकको भावनाको कदर गर्ने, दु:ख सुख बुझ्ने तथा गाउँको विकासमा तल्लीन हुने नेताका रूपमा पाण्डेयको परिचय बन्दै गएको छ । नागरिकको हरेक दु:ख सुखमा साथ दिने पाण्डेयले प्रत्येक गाउँको विकासका लागि भिजन बनाउँदै लगेका छन् । नागरिकस्तरबाट पनि पर्सा तीनमा उनलाई आगामी निर्वाचनमार्फत सांसदको रूपमा देख्न पाउने नागरिकको चाहना बढ्दै गएको छ ।

    प्रत्येक गाउँमा विकासको मोडेल खोजिरहेका नागरिकलाई पाण्डेयको भिजन र सक्रियताले ध्यान खिचेको छ । युवा पुस्ता र वयस्क तथा पाका अनुभवी व्यक्तित्वहरूले समेत पाण्डेयलाई आगामी सांसदका रूपमा शुभकामना तथा साथ दिन थालिसकेका छन् ।पछिल्लो समय पाण्डेयले आफूलाई ‘उदाउँदो वैकल्पिक नेता’को रूपमा उभ्याउन थालिसकेका छन् ।

    पाण्डेयले पर्सा तीनमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने तयारी सहित भिजन बनाइरहेका छन् । विशेषगरी स्थानीय उत्पादनको वृद्धि तथा बजारीकरण, शिक्षा र स्वास्थ्यमा सुधार गरी समाजकै रुपान्तरण, औद्योगिक विकास लगायतका एजेण्डालाई पाण्डेयले उठाइरहेका छन् ।

    समाजलाई आधुनिक एवम् व्यवस्थित शहरको रूपमा विकास गर्ने, पूर्वाधार विकास तथा स्थानीय उत्पादनलाई व्यावसायिक बनाई नागरिकको जीवनस्तर सुधार्ने उनले परिकल्पना गरेका छन् ।

    पर्सा तीनमै पर्ने पोखरिया, पकाहाँ, महुवन र चीपुर पंचगाको बजारलाई व्यवस्थित गर्ने, आधुनिक सहरको निर्माण गर्ने उनको सोच छ । पोखरिया बजारलाई देखिने गरी विकास गर्न लागि उनी अहिले भिजन बनाइरहेका छन् । साथै धार्मिक स्थल भाडा भगवान स्थललाई राष्ट्रिय निकुञ्जसँग समन्वय गरी व्यवस्थित गर्ने उनको योजना छ ।

    मठमन्दीरको सम्वद्र्धन, कृषिमा प्रविधिकरण तथा आधुनिकीकरण, शिक्षा र स्वास्थ्यमा नागरिकको सहज पहुँच पर्सा तीनको मुख्य आवश्यकता भएको उनले बताउँदै आएका छन् ।यस क्षेत्रको सुधारका लागि विभिन्न किसिमका योजना बनाउँदै अगाडि बढेका उनले सो क्षेत्रका नागरिक तथा अगुवाहरूसँग समेत छलफल गर्दै आएका छन् ।

    उनले प्रत्येक पालिका देखि वडासम्म विकासको नयाँ मोडेल बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । हरेक वडामा भएको व्यवसायिक सम्भावना खोज्ने र सोही अनुसार विकास गर्ने उनको मोडेल तयार भइरहेको छ ।

    पाण्डेयले उडाएका यी योजनाहरूलाई परिणाममा बदल्नका लागि जनमत आवश्यक रहेको नागरिकको बुझाई छ । नागरिकले अहिले जनताको चाहना र भावनालाई बुझ्ने र कदर गर्ने नेता आवश्यक भएको बताउँदै आएका छन् । पाण्डेय नागरिकको यही विश्वासलाई थप जित्नका लागि उच्च मनोबलका साथ काम गर्दै आएका छन् ।

    अधिकांश समय नागरिकहरूसँगै रहने गरेका पाण्डेय अहिलेसम्म पूराना नेताहरूलाई नागरिकले नजिकबाट चिन्ने अवसर नपाएको बताउँछन् । आफूले अहिले हरेक समय नागरिकसँग नै बसेर उनीहरूको दु:खसुखमा साथ दिँदै आएको उनको भनाइ छ ।

    वि.सं. २०४७ सालदेखिका नेताहरूबाट आजित भएका जनताहरु पाण्डेयलाई अहिले भिजनरी तथा विकास गर्न सक्ने नेताका रूपमा उभ्याइरहेका छन् । पाण्डेयले अहिले कुन पार्टीबाट चुनावमा भाग लिने भन्नेबारे खुलाईसकेका छैनन् । तर पार्टीमा आस्था राख्ने नागरिकहरूले पाण्डेयले जुन सुकै पार्टीबाट निर्वाचन लडेपनि उनी आउनुपर्ने बताउँदै आइरहेका छन् ।

    पाण्डेयको सक्रियता र समाजका लागि केही गर्ने हुटहुटीलाई आमनागरिकले साथ दिइरहेका छन् । पाण्डेयले पछिल्लो समयमा आफ्ना गाउँ ठाउँका जनताको दुःख पीडा सुन्नमा व्यस्त देखिन्छन् ।

    पाण्डेयले अहिले राजनीतिक, सामाजिक भेटघाट क्षेत्रबासीलाई भेट्ने, समस्याहरु बुझ्ने र समस्या निराकरणको योजना बनाउनेसम्मका गतिविधिमा आफूलाई व्यस्त राखेका छन् ।

    पाण्डेले यस क्षेत्रमा पर्ने ७ वटा स्थानीय तहका ३५ वटा वडालाई आर्थिक दृष्टिकोण र सामाजिक दृष्टिकोणबाट विकास गर्ने योजना बनाइरहेका छन् । हरेक वडामा विकासको नयाँ मोडेल स्थापित गराउने उनको लक्ष्य छ । यसबाट नागरिको जीवनस्तर समेत सुधार हुने र समग्र निर्वाचन क्षेत्रकै विकास हुने उनको बुझाई छ ।

    पर्सा जिल्लामा प्रत्यक्ष तर्फ ४ जना प्रतिनिधि सभा सदस्य र ८ जना प्रदेश सभा सदस्य छन् । समानुपातिक तर्फ छुटै सांसदहरु हुँदा पनि जिल्लामा विकासले गति पाउन सकेको छैन । जिल्लाका नेताहरू संघीय तथा प्रदेश मन्त्री रहँदा पनि सो क्षेत्रले अपेक्षित विकास पाउने नसकेपछि नागरिहरू विकल्पको खोजीमा लागेका हुन् ।

    स्थानीयहरूले अहिले पाण्डेय मात्रै उपयुक्त विकल्प भएको बताउँदै उनलाई निर्वाचनमार्फत यस क्षेत्रको विकासका लागि मत लिएर अगाडि बढ्न सुझाव दिँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑