• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरधाममै घर भएका सांसदले समेत प्रदेशसभाबाट बुझ्छन् घरभाडा बापतको रकम

  • वीरगंज संजाल
  • २५ फाल्गुन २०८१, आईतवार ०८:४१
  • ७६१

    जनकपुरधाम । जनकपुरधाममै घर भएका मधेस प्रदेशसभाका सदस्यहरुले समेत घरभाडा बापत मासिक रुपैयाँ बुझ्ने गरेका छन्। नेपाली कांग्रेसबाट धनुषा ३ (१) बाट निर्वाचित रामसरोज यादवको घरदेखि प्रदेशसभाको दुरी डेढ किलोमिटरभन्दा पनि कम छ। जनकपुरधाममै आफ्नो घर भएपनि उनले प्रदेशसभा सचिवालयबाट मासिक १५ हजार रुपैयाँ घर भाडा बापत बुझ्ने गरेका छन्।

    नेकपा एमालेका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले पनि घरभाडाबापत मासिक १५ हजार रुपैयाँ बुझ्ने गरेका छन्। धनुषा निर्वाचन क्षेत्र नं। ३(२) बाट निर्वाचित ठाकुरको घरपनि जनकपुरधाम उपमहानगरमै रहेको छ।

    महोत्तरी निर्वाचन क्षेत्र नं। २(२) बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा), नेपालकी सांसद सुरिता साहको पनि जनकपुरधामको भ्रमरपुरा चौकमा आफ्नै घर छ। जनकपुरधाममै घर भएपनि उनी समेत मासिक घर भाडा बापत १५ हजार रुपैयाँ बुझ्ने गरेकी छन्।

    जसपा नेपालकै प्रमुख सचेतक रामअशिष यादव धनुषा निर्वाचन क्षेत्र नं। २(२) बाट निर्वाचित हुन्। उनी जनकपुरधाम बाहिरको क्षेत्रबाट निर्वाचित भए पनि जनकपुरधाममै उनको आफ्नो घर छ। जनकपुरधाममै घर भएपनि उनले प्रदेशसभाबाट मासिक २० हजार रुपैयाँ घर भाडा बापत बुझ्ने गरेका छन्।
    नेपाली कांग्रेसका समानुपातिक सांसद अंजना पण्डितले समेत घर भाडा बापत मासिक प्रदेशसभाबाट १५ हजार रुपैयाँ बुझ्ने गरेकी हुन्। उनको घरसमेत जनकपुरधाममै छ।

    नेकपा एकीकृत समाजवादी पार्टीका समानुपातिक सांसद एवं प्रदेश मामिला समितिका सभापति रत्नेश्वर गोइत यादवको घर पनि जनकपुरधाम उपमहानगरपालिकामै रहेको छ। जनकपुरधाममै घर भए पनि उनले घर भाडा बापत मासिक १८ हजार रुपैयाँ बुझ्ने गरेका छन्।

    नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झा आफ्नै घरबाट प्रदेशसभा आउने गरेका छन्। धनुषाको लक्ष्मिनीयाँ घर रहेका उनले घरभाडाबापत मासिक प्रदेशसभाबाट १८ हजार रुपैयाँ बुझ्ने गरेका छन्।

    उनीहरु जस्तै मधेस प्रदेशका अधिकांश सांसद घरबाटै प्रदेशसभा ओहोरदोहोर गर्ने गरेका छन्। घरबाटै प्रदेशसभा आएपनि उनीहरुले घर भाडा बापतको सेवा सुविधा लिने गरेका छन्।

    प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनको अनुसूचीमा सभामुखलाई आवास उपलब्ध गराउने, उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्षको सचेतकलाई आवास बापत मासिक २० हजार, दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र सभापतिलाई १८ हजार, दलका प्रमुख सचेतक र सचेतकलाई १६ हजार र सदस्यलाई १५ हजार रुपैयाँ दिने व्यवस्था गरेको छ। मधेस प्रदेशसभा सचिवालयले उपसभामुखलाई समेत आवाश नै उपलब्ध गराएको छ।

    मधेस प्रदेशसभा सचिवालयले जनकपुरधामसहित धनुषा र बाँकी ७ जिल्लाका रहेका ९२ जना सांसदलाई घर भाडा बापत ऐन अनुसार मासिक रुपैयाँ उपलब्ध गराउँदै आएको छ। १०७ सदस्यीय प्रदेशसभामा एकजना सांसद निलम्बनमा रहेका छन् भने मुख्यमन्त्रीसहित १२ जना मन्त्रीका लागि मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार आवासको व्यवस्था गरिएको छ।

    राजनीतिक विश्लेषक रोशन जनकपुरीले अहिलेको वर्तमान सत्ता राजनीतिको चरित्र कमाउ भइसकेकाले यो अहिले जनताको हितमा जाने कुरा नरहेको बताए। ‘पदमा जानुको अर्थ छ कसरी कमाउने ? यो सबै सोँचेपछि जसरी पनि कमाईरहेका छन्’, उनले भने। विश्लेषक जनकपुरीले जनकपुरधाममै रहेर खर्च लिनु अनैतीक मात्र नभई गैरकानुनी रहेको बताए।

    यता, प्रदेशसभा सचिवालयका प्रवक्ता विपिन ठाकुरले कुनै पनि सांसदनले घरभाडा बापतको रकम लिन सकिने बताए। उनले भने, ‘जनकपुरका जुन सांसद छन् उनले पनि घर भाडामा लिन सक्छ।’

    प्रदेशसभा सचिवालयले मासिक रुपमा घरभाडाबापत सांसदहरुलाई १४ लाख ३९ हजार रुपैयाँ दिने गरेको छ। यसका अतिरिक्त निजी सचिवालय बन्दोबस्त बापत मासिक १ लाख ८७ हजार ८ सय, बिजुली र धारा बापत १ लाख ८५ हजार, सञ्चार बापत २ लाख ८२ हजार ४ सय रुपैयाँ सांसदहरुलाई दिने गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑