• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अख्तियारद्वारा वीरगञ्ज ट्रायल सेन्टरमा आज पनि निगरानी

  • वीरगंज संजाल
  • ११ कार्तिक २०८१, आईतवार १५:४५
  • १२७७

    वीरगञ्ज । पर्सा जिल्लाको यातायात व्यवस्था कार्यालय, वीरगञ्ज अन्तर्गतको ट्रायल सेन्टरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लगातार दोस्रो दिन पनि निगरानी गरेको छ । हेटौडा कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २३, प्रसौनी विर्तास्थित ट्रायल सेन्टरमा अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिएको हो। तीन महिनादेखि अवरुद्ध रहेको ट्रायल प्रक्रियालाई शनिवारदेखि पुनः सुरु गरिएको थियो।

    कार्तिक ४ गते सवारी चालक अनुमतिपत्रका लागि सूचना प्रकाशित भएसँगै ९ गते शुक्रवार लिखित परीक्षा सम्पन्न भएको थियो भने शनिवार र आइतवार क्रमशः मोटरसाइकल, स्कुटर तथा कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटो रिक्सा र ई–रिक्साको प्रयोगात्मक परीक्षा (ट्रायल) सञ्चालन गरियो।

    अख्तियारको टोलीको सक्रियता
    अख्तियारका प्रहरी निरीक्षक बिमल गिरीको नेतृत्वमा गएको टोलीले ट्रायल प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउनका लागि प्रत्यक्ष रुपमा सबै गतिविधिहरूमा निगरानी गरिरहेको छ । यस क्रममा कुनै पनि अनियमितता वा त्रुटि हुन नदिन टोलीले गहन रूपमा परीक्षा प्रक्रियामा सहभागीहरूलाई निरन्तर अवलोकन गरेको जनाइएको छ ।

    सेवाग्राहीका गुनासो र उजुरीको आधारमा निगरानी
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रमुख उमाकान्त आचार्यले सेवाग्राहीबाट प्राप्त उजुरी र गुनासोको आधारमा निगरानी गरिएको बताएका छन् । आचार्यका अनुसार सेवाग्राहीहरूले समस्या र कठिनाइ भोग्नु परेको वा अनियमितता भएको जनगुनासो आउँदा निगरानी गर्नु अख्तियारको जिम्मेवारी हो। यस प्रकारको अनुगमनले सेवाग्राहीका गुनासोहरू सम्बोधन गर्न र सेवाको गुणस्तर सुधार गर्न ठोस कदम चाल्न मद्दत गर्ने आचार्यले बताएका छन्।

    अख्तियारको अनुगमनले ट्रायल सेन्टरमा उपस्थित सेवाग्राहीहरूलाई बढी विश्वास प्रदान गरेको र कार्यालयका कर्मचारीहरूलाई उत्तरदायी बनाएको देखिन्छ । अख्तियारका यस प्रकारका निरन्तर निगरानीले सेवाग्राहीहरूका गुनासोहरूको समाधान हुने र सेवामा पारदर्शिता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑