वीरगंज | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी राष्ट्रिय नीति बनाउने तयारी गरिरहेको बताएका छन् ।
आइतबार काठमाडौँमा युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआई)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले एआईको स्टाटेजि प्लानको विषयको तयारी र एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने काममा सरकार रहेको बताए ।
उनले एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने बताए । एआईको गलत प्रयोग गरेर समाजमा विद्वेष फैल्याउने कामको भने कडा निगरानी हुन जरुरी रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले एआईका गलत पक्षलाई छोडेर राम्रा पक्षहरु ग्रहण गर्न आवश्यक रहेको बताए । उनले जीवनलाई सरल र सहज बनाउन एआईको उपयोग गर्नुपर्ने बताए । देशको विकासमा सहयोग पुग्ने उद्देश्यबाट एआईको प्रयोग गर्नुपर्ने बताए ।
‘आर्टिफिसियल इन्टेलिजेन्सले धेरै ठूलो मद्दत पु¥याएको छ, विकासका लागि । ठूलो सहयाग गरेको छ । सँगै यसले समाजमा मिस इन्फरमेसन, डिस इन्फरमेसन जस्ता कुराहरु फैल्याएर समाजमा द्वेष कलह भएको छ । यसको मिसयुजको सम्भावना र यसले समाजलाई अझ सभ्य, व्यवस्थ्ति, उन्नत र राम्रो हुनुपर्ने ठाउँमा कतिपय ठाउँमा विकृत र विसंगत पक्षहरुलाई यसले बढाएको देखिन्छ । यसको समाधान कसरी गर्ने, रोक्ने उपाय के होला । राम्रो पक्षको विकास गर्ने, राम्रो पक्षलाई बढाउने कुरामा लाग्नुपर्छ’, उनले भने,’विकासका लागि हामीले डिजिटल नेपालको कन्सेप्ट अघि सारेको हो । एआईको स्टाटेजि प्लानको विषयको तयारी र एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने काममा हामी छौँ ।’
प्रधानमन्त्री ओलीले नेपालले आफैँ एआईको विकास गर्न आवश्यक रहेको बताए ।