वीरगञ्ज । पर्सा जिल्ला प्रहरी कार्यालयले पर्सागढी नगरपालिका वडा नम्बर १ मा अवैध गाँजा खेती फडाँनी गरी नष्ट गरेको छ। जिल्ला प्रहरीका अनुसार पर्सागढी नगरपालिका वडा नं. १ गुलरिया र वडा नं. ३ झबराहामा लुकाएर गरिएको प्रतिबन्धित गाँजा खेती नष्ट गरिएको हो।
प्रहरीले सूचनाको आधारमा सो क्षेत्रमा छापा मार्दै १५ जनाको टोलीसहित करिब २ विघा क्षेत्रफलमा लगाईएका १५ हजार गाँजाका बिरुवाहरू फडानी गरी नष्ट गरेको जानकारी दिएको छ। यस अभियानमा जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको संयुक्त टोली खटिएको थियो।
प्रहरीका अनुसार यस कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गर्दै खोजी कार्य जारी रहेको छ। उनीहरूलाई कानूनी प्रक्रियामा ल्याई कारबाही गर्ने तयारी भइरहेको समेत प्रहरीद्वारा जनाइएको छ।