• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अर्थतन्त्रको मुख्य आधार उद्योग बनाउनु पर्छ’

  • वीरगंज संजाल
  • ८ कार्तिक २०८१, बिहीबार १२:४८
  • ८४५

    प्राकृतिक रुपले सुसम्पन्न जिल्ला चितवनलाई चिनाउने धेरै विषयहरू छन् । जहाँ विश्व सम्पदा सूचीमा रहेका चितवन राष्ट्रिय निकुञ्ज र विश्वमै दुर्लभ एक सिंगे गैंडा यहि चितवनमा पाइन्छ ।

    यो जिल्ला ७७ वटै जिल्लाको जातजाति, भाषा, धर्म र संस्कृतिको संगमस्थलको रुपमा परिचित रहेको छ । अझ यस अगाडि त ७५ वटा जिल्ला मध्ये ७६ औँ जिल्लाको रुपमा समेत चिनाइन्थ्यो ।

    कृषि, शिक्षा, स्वास्थ्य, उद्योग र पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला चितवनका सवाल, समस्या र सम्भावनाबारे गरिने चिन्तन, मन्थन र छलफलले चितवनको चिनारी मात्रै होइन यसको उचाईलाई समेत थप टेवा पुग्नुको साथै चितवनको समृद्धिको आगामी यात्रालाई समेत मार्गनिर्देश गर्ने विश्वास लिएको छु । आजको विमर्शबाट देखाइएका बाटोमा यात्रा गर्नको लागि प्रदेश सरकारको मुख्य मन्त्रीको हैसियतले अगुवाई गर्ने वचन पनि दिन चाहन्छु ।

    अर्थतन्त्रको मुख्य आधार नै उद्योग बनाउनु पर्छ । उत्पादन विनाको व्यापारले आज राष्ट्रको अर्थतन्त्र बलियो बनाएको छैन । उद्योगको विकास र विस्तार मार्फत उत्पादन र रोजगारीलाई प्राथमिकता दिने प्रदेश सरकारको योजना र आकंक्षा रहेको छ । औद्योगिक उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै आन्तरिक तथा बाह्य व्यापार प्रवर्द्धन गर्न प्रदेशले आफ्नो छुट्टै उद्योग तथा वाणिज्य नीति ल्याउने तयारी गरेको जानकारी गर्न चाहन्छु । उद्योग तथा कलकारखानाको स्थापना, विकास र विस्तार बिना उत्पादन र रोजगारीको सम्भावना देखिँदैन । उद्योगधन्दा स्थापनाको लागि लगानी आकर्षित गर्न जरुरी छ । त्यसैले स्वदेशी तथा विदेशी लगानी प्रदेश भित्र बढाएर उद्योगधन्दा सञ्चालनको लागि उपयुक्त वातावरण निर्माण गर्न प्रदेश लगानी बोर्ड स्थापना गर्न प्रदेश सरकार लागि परेको छ ।

    अवसरको खोजीमा युवाहरू विदेशिने प्रवृत्ति रोक्नु आजको ठूलो चुनौति रहेको छ । यस प्रकारको चुनौतिलाई मुकाबिला गर्न प्रदेश सरकार गम्भीर रुपमा लागेको छ । स्वदेशमा अवसरको अभाव देखाउदै माध्यमिक शिक्षा पूरा गर्ने वित्तिकै विदेशिने युवाहरूलाई रोक्न र स्वदेशमा नै रोजगारीको अवसर दिलाउन प्रदेश सरकारले कोशिस गरिराखेको छ । शैक्षिक संस्था र उद्योग वाणिज्य क्षेत्रसँग सहकार्य गरेर युवा विद्यार्थीहरूको सीप र प्रतिभालाई उद्यमशीलतामा परिणत गर्न सहयोग गर्दैछौँ । यति मात्रै नभई हाम्रो शिक्षा सीपसँग जोडिएन, रोजगारीसँग जोडिएन र उत्पादनसँग जोडिएन भन्ने ठूलो गुनासो छ । यस गुनासोलाई केही हदसम्म संवोधन गर्ने हिसाबले शैक्षिक सँस्था र उद्योगबीच सहकार्य गरेर औद्योगिक प्रशिक्षार्थी कार्यक्रम मार्फत विद्यार्थीले उद्योगमा नै गएर सीप सिक्ने अवसरको सिर्जना गरेका छौँ ।

    नेपाली वस्तुको उपभोग पनि नगर्ने र निर्यात पनि गर्न नसक्ने हुँदा स्वदेशी उत्पादनहरूले बजार पाउन सकेको छैन । जसको कारण नेपाली मौलिक उद्योगहरू चल्न कठिन भइरहेको छ । हामी विदेशी उत्पादन र ब्राण्डमा लोभिँदै गएका छौँ । हाम्रा मौलिक तथा स्वदेशी उत्पादन प्रयोग गर्ने संस्कृति विकास गर्ने उद्देश्यले प्रदेश सरकारका कार्यालयहरूमा स्वदेशी उत्पादनको प्रयोग गर्ने व्यवस्था मिलाउदैछौँ ।

    आज पनि रसुवाको पानि विदेशमा निर्यात हुने गर्दछ । वाग्मती प्रदेशका धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र दोलखा जिल्लाका हिमाली भेगमा प्राकृतिक खानेपानी प्रशोधन उद्योगहरू सञ्चालन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकेमा प्रदेशको अर्थतन्त्रमा ठूलो योगदान पुग्नेछ । यतातर्फ पनि प्रदेश सरकारको ध्यान आकृष्ट भएको छ ।

    चितवन जिल्ला कृषि जन्य उत्पादन र पर्यटन प्रवर्द्धन मार्फत राम्रो आम्दानी गर्ने सम्भावना बोकेको जिल्ला हो । यस जिल्लाको सम्भावनालाई प्रस्फुटन गर्ने तर्फ प्रदेश सरकार गम्भीर भएको छ । सबै खाले सम्भावनाको अध्ययन तथा अनुसन्धान गरेर योजनाबद्ध विकासमा सहयोग गर्न वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको छ ।

    चितवन लगायत वाग्मती प्रदेशका १३ वटै जिल्लाको उत्पादन र समृद्धिको आधार भनेको कृषि क्षेत्र नै हो । त्यसैले कृषिमा आधुनिकीकरण, व्यावसायीकरण र कृषि उपजको बजारीकरणमा जोड दिनु आजको आवश्यकता हो । हामी परम्परागत कृषि पेसामा निर्भर भएका छौँ । निर्वाहमुखी कृषि पैसालाई छोड्न सकेको छैन । आर्थिक गतिविधिका हिसाबले करिब ५० प्रतिशत जनसंख्याको मुख्य पैसा कृषि हो । यति हुँदा हुँदै पनि कृषिमा आत्मानिर्भर बन्न सकेका छैनौँ । खेतीयोग्य जमिनहरू वन क्षेत्रमा परिणत हुँदैछन् । यो समस्या समाधान गर्न कृषिको व्यावसायिकरण, आधुनिकिकरण तथा औद्योगिकीकरण गर्दै कृषि जन्य वस्तुमा आत्मा निर्भर बन्ने, आयातलाई प्रतिस्थापन र कृषि उपज निर्यात गरी यो प्रदेशको अग्रगामी रुपान्तरणमा लाग्नु आजको आवश्यकता हो ।

    यसै सन्दर्भलाई दृष्टिगत गर्दै कृषिसँग सम्बन्धित अध्ययन अनुसन्धानको लागि विश्वविद्यालयसँग सहकार्य गर्दै अनुसन्धान गर्ने विद्यार्थीहरूलाई प्रदेश सरकारले प्रोत्साहित गरेको छ । प्रविधिमैत्री स्मार्ट कृषि फर्महरू सञ्चालन गर्ने, नविन सोच भएका युवा उद्यमीहरूलाई आकर्षण गर्ने स्मार्ट एग्रीकल्चर कार्यक्रम प्रदेश सरकारले सञ्चालन गरेको छ । रासायनिक मलको परनिर्भरताले गर्दा मल अभावको समस्या देशको ठूलो समस्याको रुपमा वर्षेनी उठेको छ । रासायनिक मलबाट हुने माटोको क्षयीकरणलाई घटाउन तथा कृषि उत्पादनमा रासायनिक मलको परनिर्भरता कम गर्दै जान जरुरी छ । हामीले वैकल्पिक मल उत्पादन तथा प्रयोगको पनि थालनी गरेको छ । कृषकहरूलाई प्रांगारिक मल उत्पादन गरेर वितरण गरेका छौँ । एउटा प्रदेश निर्वाचन क्षेत्रमा एउटा प्रांगारिक मल कारखाना संचालन गर्ने प्रदेश सरकारको योजना रहेको छ ।

    रैथाने र स्थानीय कृषि वस्तु र उत्पादनको ब्रान्डिङ र बजारीकरण गर्न अति आवश्यक देखिन्छ । प्रदेश भित्रको रैथाने खानाहरूको पहिचान गर्ने र पेटेन्ट दर्ता गरेर होटलहरूमा मेनु नै बनाएर राख्नु पर्दछ । स्थानीय र रैथाने उत्पादनको बजारीकरण गर्ने विषय प्रदेश सरकारको प्राथमिकताको विषय बनेको छ ।

    चितवन जिल्ला वाग्मती प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रहेको जिल्ला हो । यो गन्तव्यलाई थप व्यवस्थित बनाउन जरुरी छ । चितवनको सौराह, मेघौली, माडी र सिराईचुली जोडेर पर्यापर्यटन परिपथ विकास गर्ने योजना बनाएका छौँ । वाग्मती प्रदेशको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पूरातात्वीक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण र प्रचार मार्फत अर्थतन्त्रको आधार निर्माण गर्ने, पर्यटन उद्योगको विकास गर्ने र पर्यटन संस्कृतिको विकास गर्न प्रदेश सरकार लागि परेको छ । पर्यटन क्षेत्रलाई विकास गर्नको लागि प्रदेशको पर्यटन नीति र पर्यटन गुरुयोजना बनाएर पर्यटन विकासका दीर्घकालीन रणनीतिक कार्यक्रमहरू सञ्चालन गर्ने सोच प्रदेश सरकारले बनाएको छ ।

    चितवन चिन्तनको विमर्शमा चितवनको शिक्षाको बारेमा पनि गहिरो विमर्श हुन आवश्यक ठान्दछु । चितवन जिल्ला पर्यटनको मात्रै होइन शिक्षाको पनि हबको रुपमा परिचित छ । विद्यालय शिक्षा मात्रै होइन प्राविधिक विषयको उच्च शिक्षा प्रदान गर्ने उत्कृष्ट शैक्षिक संस्थाहरू यस जिल्लामा रहेका छन् । जसले दक्ष प्राविधिक जनशक्ति उत्पादन गरेर देशलाई उपलब्ध गराउँदै आएको छ । यहाँ भइरहेको शैक्षिक संस्थाहरूको ऐतिहासिक उपलब्धिहरूमा हातेमालो गर्न प्रदेश सरकार तयार रहेको छ ।

    संविधानअनुसार प्रदेश सरकारले प्राप्त गरेको उच्च शिक्षा व्यवस्थापनको अधिकार र जिम्मेवारीलाई पूरा गर्न उच्च शिक्षा ऐन ल्याएर विश्व विद्यालय स्थापना गर्नुको साथै शैक्षिक प्रतिस्ठानहरू सञ्चालनमा ल्याएका छौँ । शिक्षाको गुणस्तर सुधारको लागि प्रदेश सरकारले प्रशस्त लगानी गरेको छ । नेपालको संविधानमा बालबालिकाको मौलिक हकको रुपमा अनिवार्य तथा निःशुल्क शिक्षा उल्लेख छ । वाग्मती प्रदेश भित्रका सबै बालबालिकालाई उक्त हक दिलाउन प्रदेश सरकार सदा तत्पर रहेको छ । यसको लागि निःशुल्क तथा अनिवार्य शिक्षा लागू गर्न प्रदेश सरकारको तर्फबाट स्थानीय तहहरूलाई सघाउँदै आएको कुरा यहाँहरू समक्ष जानकारी गराउन चाहन्छु ।

    आफ्ना बालबालिकाको गुणस्तरीय शिक्षाको लागि आज आमअभिभावक चिन्तित देखिन्छ । गाउँमै रहेको सामुदायिक विद्यालयबाट निःशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्न सकोस भनेर हामीले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास र डिजिटल कक्षाकोठा निर्माणमा सहयोग गर्नुका साथै गुणस्तर सुधारको लागि विद्यालयले बनाउने योजनामा सहयोग गर्दै आएको छ । जसबाट प्रत्येक वर्ष करिब ७०० भन्दा बढी सामुदायिक विद्यालयहरू लाभान्वित हुँदै आएको छ । सार्वजनिक शिक्षा र स्वास्थ्य गुणस्तर युक्त नबनाइकन समाजवादको जग स्थापना हुँदैन भन्ने कुरामा वाग्मती प्रदेश सरकार स्पष्ट रहेको छ ।

    त्यसैले विद्यालयमा स्वास्थ्य तथा पोषण शिक्षालाई जोड दिँदै माध्यमिक विद्यालयहरूमा विद्यालय नर्सको समेत व्यवस्थापन गरेको कुरा यहाँहरूलाई अवगत नै छ । संविधानमा निःशुल्क एवं गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नु नागरिकको मौलिक हक भएको उल्लेख छ । यो हक प्राप्तीको लागि वाग्मती प्रदेश सरकारले पूर्वाधार निर्माण गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने, अत्याधुनिक उपचारको मेशिनहरू व्यवस्था गर्ने, रोग लागेर उपचार गर्ने भन्दा पनि रोग लाग्न नदिन स्वास्थ्य शिक्षा र जनचेतनाको कार्यक्रमहरू सञ्चालन गर्ने र महामारी नियन्त्रणमा प्रभावकारी रुपमा काम गरिरहेको छ ।

    शिक्षा र स्वास्थ्यमा भएको महँगीले गर्दा जीवन पद्धतिमा नै नकरात्मक असर परेको छ । गरिबीका कारण उपचार नपाएर कोही मर्न नपरोस भनेर विपन्न नागरिकलाई क्यान्सर रोग लागेमा क्यान्सर उपचारको लागि ५० हजार उपलब्ध गराएकोमा एक लाख रुपैयाँ उपलब्ध गराउने तयारी छ । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीहरूको लागि सडकमार्गबाट अस्पताल लान नसक्ने ठाउँमा हवाई उद्धार सेवा सञ्चालन भइरहेको छ र अपांग, असहाय र लोपोन्मुख जातिको स्वास्थ्य बिमाको प्रिमियम पनि प्रदेश सरकारले व्यहोर्ने छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑