प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूको परिवारलाई यसअघि दिने गरिएको क्षतिपूर्ति रकम बढाएर १० लाख पुर्याइएको बताएका छन्।
आज सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यसअघि दिने गरिएको ७ लाखबाट बढाएर १० लाख पुर्याइएको बताएका हुन्।
उनले विरामी उपचार खर्च पाएर मृत्यु भएकाहरूले क्षतिपूर्ति नपाउने यसअघिको व्यवस्थाको सट्टा उनीहरूको परिवारलाई पनि १० लाख उपलब्ध गराउने व्यवस्था गरिएको बताए।
‘विदेशमा रोजगारी अनुमति पत्र नभएकाहरु र यस वर्षको सेप्टेम्बर भित्र विदेशमा रहेकाहरूले नेपाली नियोगमा आवेदन दिएमा उनीहरूलाई वर्क परमिट उपलब्ध गराउने व्यवस्था गरिएको छ, ’उनले भने।