• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज कृषि औजार कारखानाका लागि आविष्कार केन्द्रले किन्यो ५० लाखकाे मेसिन

  • वीरगंज संजाल
  • ७ कार्तिक २०८१, बुधबार १७:३५
  • १००९

    वीरगंज | वीरगन्जमा रहेकोे कृषि औजार कारखाना वीरगन्जबाट कृषि औजारको व्यावसायिक उत्पादनको गृहकार्य गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रले उद्योगमा सीएनसी फाइबर लेजर सिट कटिङ मेसिन खरिद गरेर भित्र्याएको छ । केन्द्रका इन्जिनियर रितेश देवका अनुसार टेन्डर प्रक्रियाबाट उक्त मेसिन खरिद गरिएको हो ।

    चीनमा उत्पादित यो मेसिन झन्डै ५० लाख रुपैयाँ लागतको हो । ‘कृषि औजार उत्पादन गर्न आवश्यक पर्ने फलामे पाताहरूलाई आवश्यकता अनुसार सहजै काट्न सक्ने यो मेसिन कारखानाका लागि अत्यावश्यक थियो,’ उनले भने, ‘यसबाट अब कृषि औजारहरू सहजै उत्पादन गर्न सकिनेछ ।’

    केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुनले आफ्नो आत्मकथा बिक्री गरेर संकलन गरेको रकमबाटै उक्त मेसिन खरिद गरिएको इन्जिनियर देवले बताए । यसबाहेक हाल कारखानामा रहेको ‘हिट ट्रिटमेन्ट युनिट’ को पनि मर्मत सम्भारको काम चलिरहेको उनले बताए । यो युनिटले गेयर बक्स उत्पादन गर्छ । विभिन्न कृषि उपकरणमा यस्तो गेयर बक्स प्रयोग हुन्छ ।

    कारखानामा हाल रोल्पा एग्रिकल्चर कलेजका तीन विद्यार्थी गाँजाको बोटको डण्डीबाट इटा बनाउने मेसिन ‘डेर्कोरटिकेटर’ को निर्माणमा व्यस्त रहेको पनि इन्जिनियर देवले बताए । ‘उनीहरू गाँजाको बोटको डण्डीबाट रेशा निकालेर उक्त रेशाबाट इटा बनाउने मेसिन निर्माण गर्न हामीसँग सहकार्य गरेका छन्,’ उनले भने, ‘मेसिन निर्माण भएको खण्डमा नेपाली वैज्ञानिकहरूका लागि ठूलो उपलब्धि हुनेछ ।’

    कारखानामा धान काट्ने मेसिन रिपर र धान झार्ने मेसिन थ्रेसरको व्यावसायिक उत्पादन गर्ने योजनासहित काम भइरहेको पनि उनले बताए । ‘सम्भवतः आउँदो २ महिनाभित्र रिपर र थ्रेसर मेसिन उत्पादन गरी सक्नेछौं,’ उनले भने, ‘त्यसका लागि कारखानामा सीएनसी लेजर सिट कटिङ मेसिन पनि भित्र्याइसकेका छौं ।’

    केन्द्रले हालसम्म कारखानामा धान काट्ने रिपर, आलु खन्ने डिगर, आलु रोप्ने प्लान्टर, धान रोप्ने राइस प्लान्टर, गोबर पेल्ने डङ्ग डिवाटरिङ, प्लास्टिक बनाउने मल्चर, सुख्खा घाँस काट्ने, धान गोड्ने, खन्ने आदि काम गर्ने विडर मेसिनको सफल परीक्षण उत्पादन गरिसकेको छ । यस बाहेक कुटो, कोदालो, चाप कटर आदि ससाना कृषि उपकरण पनि उत्पादन गरी सकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑