वीरगंज | रौतहटको गढीमाई नगरपालिका – ७ धनहारी गाउँमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
धनहारीस्थित महाबिरी झन्डा मेलामा कस्मेटिक पसल गरी बसेका माधवनारायण नगरपालिका – ९ का विजय सहनीकी २४ वर्षीय श्रीमती रिङकु देवी सहनीको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन कार्कीले बताए ।
खेतमा राखेको आफ्नै ठेला ल्याउने क्रममा मेलामा जडान गरी ल्याएको विद्युतीय तारबाट करेन्ट लागी उनी घाइते भएको प्रहरीले जनाएको छ ।
उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल मल्टी स्पेस्लिटी अस्पतालमा ल्याएलगत्तै बुधवार चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । शवको पोस्टमार्टम भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।