वीरगंज | बाराको परवानीपुर गाउँपालिकामा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले “एक युवा, पाँच बिरुवा” भन्ने नाराका साथ वृक्षारोपण अभियान सुरु गरेको छ। तीन दिनसम्म चल्ने यो अभियानको पहिलो दिन बुधबार, परवानीपुर गाउँपालिका वडा नम्बर २, मुसहरीका दुई स्थानमा वृक्षारोपण गरिएको हो।
युवा संघ नेपालका केन्द्रिय सचिव ईन्जिनियर मोविन आलमका अनुसार मुसहरीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको परिसर र मुसहरीदेखि परवानीपुर बजार पुग्ने सडकको छेउमा वृक्षारोपण गरिएको छ। यस क्रममा आँप, साल, निम, टिक लगायतका २ सय ५० वटा बिरुवा रोपिएको जानकारी दिइएको छ।
परवानीपुर गाउँपालिका कमिटीका अध्यक्ष रामबाबु चौहानको अध्यक्षता र केन्द्रिय सचिव आलमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य गजेन्द्र पटेल, युवा संघ नेपालका केन्द्रिय सदस्य राम यादव, वडाध्यक्ष देवा अन्सारी, एमाले जिल्ला कमिटी सदस्य जगदीश राम, समाजसेवी विन्दु साह, सलदिन मियाँ, राजेश्वर ठाकुर र प्रभु यादव लगायतको उपस्थिति थियो।
यस अभियानले परवानीपुरमा हरियाली बढाउन र वातावरण संरक्षणमा युवाहरूको सक्रियता देखाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
परवानीपुरमा सुरु भएको “एक युवा, पाँच बिरुवा” अभियानले वातावरणीय सन्तुलन कायम गर्न र स्थानीयस्तरमा हरियाली प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। तीन दिनसम्म चल्ने यो अभियान अन्तर्गत अन्य स्थानहरूमा पनि वृक्षारोपण गरिने योजनामा रहेको छ।
अभियानका क्रममा स्थानीय युवा, नेता तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेकोले वृक्षारोपणलाई व्यापक समर्थन प्राप्त भएको छ। स्थानीयस्तरका जनप्रतिनिधिहरूको समेत सहभागिताले यो अभियानलाई अझ सफल बनाउने अपेक्षा गरिएको छ।
अभियानका मुख्य उद्देश्यहरूमा जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न, स्वच्छ हावा उपलब्ध गराउन, र भविष्यका लागि हरित सम्पदा सुरक्षित गर्न युवा पुस्तालाई प्रेरित गर्नु रहेको छ। आगामी दिनहरूमा परवानीपुरका विभिन्न क्षेत्रहरूमा थप बिरुवा रोप्दै यो अभियानलाई निरन्तरता दिने युवा संघ नेपालले बताएको छ।
यसले अन्य क्षेत्रका युवाहरूलाई पनि वातावरणीय संरक्षणमा योगदान दिन प्रोत्साहित गर्ने सम्भावना छ।