• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सवारीचालकलाई डिजिटल सुविधा : ट्राफिक कारबाही प्रक्रिया अब सहज र सरल

  • वीरगंज संजाल
  • ६ कार्तिक २०८१, मंगलवार ११:५४
  • ८६१

    वीरगञ्ज । अब सवारीचालकहरूले ट्राफिक नियम उल्लङ्घन गर्दा झन्झटिलो प्रक्रिया बेहोर्नु पर्ने छैन। नेपाल ट्राफिक प्रहरीले लाइसन्स जफत नगरी डिजिटल चिट जारी गर्ने नयाँ व्यवस्था लागू गरेको छ, जसअनुसार अब जरिबाना पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिनेछ।

    नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन अभिलेख प्रणाली थपिएको छ। अब ट्राफिक प्रहरीले चालकको अनुमतिपत्र क्यूआर कोड स्क्यान गरी हेर्ने र कारबाही प्रक्रिया अद्यावधिक गर्ने प्रविधि सुरु भएको हो। यसले सवारीचालकहरूलाई अब कागजी चिटको झन्झटबाट मुक्ति दिनेछ। एपमार्फतै जरिबानाको सूचना पाउन सकिने र डिजिटल वालेटमार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि भएको छ।

    कागजपत्रको झन्झट अन्त्य ट्राफिक प्रहरीले पुरानो कागजी चिट काट्ने पद्धति हटाई डिजिटल चिट जारी गर्ने प्रक्रिया सुरु गरेको छ। यसरी काटिएको चिटको जरिबाना नागरिक एपमार्फत भुक्तानी गर्न सकिनेछ। जरिबाना नतिरेमा अब लाइसन्स नवीकरण रोक्का गर्ने नियम लागू भएको छ। एपमार्फत निरन्तर सूचना आउने र जरिबाना चुक्ता नगरेसम्म लाइसन्स नवीकरण नगर्ने प्रक्रिया सुरु भएको हो।

    अनलाइन ट्राफिक सचेतना कक्षा ट्राफिक नियम उल्लङ्घन गरेपछि अनिवार्य रूपमा लिइने ट्राफिक सचेतना कक्षा अब अनलाइनबाटै लिन सकिने व्यवस्था पनि छिट्टै लागू हुने भएको छ। अब सवारीचालकहरूले ट्राफिक प्रहरी कार्यालय धाउनु पर्ने बाध्यता हट्नेछ।

    डिजिटल लाइसन्सको प्रविधि लाइसन्स छपाइमा ढिलाइ हुँदा सवारीचालकहरूले अब नागरिक एपमा डिजिटल अभिलेख हेर्न सक्नेछन्। चेकजाँचका लागि अब छापिएको लाइसन्सको सट्टा नागरिक एपकै क्यूआर कोड पर्याप्त हुनेछ। यातायात मन्त्रालयले चिपजडित लाइसन्सको आवश्यकता हटाई डिजिटल लाइसन्सलाई मान्यता दिने सम्बन्धमा नियमावलीमा संशोधनको तयारी पनि गरिरहेको छ।

    नयाँ डिजिटल प्रणालीले ट्राफिक कारबाहीलाई थप सरल, छरितो र पारदर्शी बनाउने विश्वास गरिएको छ। क्यूआर कोड स्क्यान गरेर अनुमतिपत्र जाँच गर्नेदेखि जरिबाना काट्नेसम्मको प्रक्रिया सहज भएको यातायात मन्त्रालयले जानकारी दिएको छ।

    नयाँ प्रविधिले ट्राफिक कारबाहीलाई सुधार्ने अपेक्षा ट्राफिक प्रणालीमा भएका यस्ता सुधारहरूले नागरिकलाई थप सजिलो बनाउने र यातायात व्यवस्थापनमा सुधार ल्याउने विश्वास गरिएको छ। नयाँ डिजिटल प्रणालीको प्रयोगले सवारीचालक र ट्राफिक प्रहरीबीचको संवादलाई थप प्रविधिमैत्री बनाउने आशा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑