• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संविधान संशोधनको छलफलले लिएन आकार

  • वीरगंज संजाल
  • ६ कार्तिक २०८१, मंगलवार ११:४६
  • ७९७

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त सरकार गठन गर्दा दिएको प्रमुख आधार हो– संविधान संशोधन । संविधान प्रारम्भ भएको १० वर्ष भयो । संविधानले नै संघीय संसदले संविधान प्रारम्भ भएको १० वर्षपछि पुनरवलोकन गर्ने भनेको छ ।

    यही व्यवस्थालाई प्रमुख आधार बनाएर कांग्रेस र एमालेले १७ असार २०८१ मध्यराति संयुक्त सरकार बनाउने गरी ७ बुँदे समझदारी गरेका थिए । समझदारीको बुँदा नम्बर दुईमा ‘… सरकारले संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ उल्लेख छ ।

    समझदारीको बुँदा नम्बर चारमा सरकार गठन भएको मितिले दुई वर्षसम्म एमालेका अध्यक्ष ओली र त्यसपछि २०८४ मसिंरमा हुने निर्वाचनसम्म कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने समझदारी छ । समझदारी अनुसार असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए ।

    साउन ६ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदा ओलीले दुई तिहाइ बढी अर्थात, १८८ मत पाए । यसपछि कांग्रेस र एमालेका दोस्रो तहका नेताहरू समेत संविधान संशोधनका विषय र प्रक्रियाबारे अनौपचारिक छलफलमा संलग्न हुन थाले ।

    तर सरकारले सय दिन बिताउँदै गर्दा संविधान संशोधनको विषय माथिको छलफलले कुनै आकार लिन सकेको छैन । तर बिभिन्न विकल्पमा छलफल भएका छन् ।

    साझा मत– दुवैलाई बहुमत

    कांग्रेस र एमालेका बीचमा दोस्रो तहको छलफलमा निरन्तर सहभागी एक नेताका अनुसार दुवै दल संसदमा धेरै दल हुनु राजनीतिक अस्थिरताको प्रमुख कारण हो भन्नेमा ‘कन्भिन्स्’ छन् । अहिलेको मिश्रित निर्वाचन प्रणालीले त्यसको कारक हो भन्ने दुवै दलको साझा मत छ ।

    दुई वा बढीमा तीन दल मात्रै संसदमा हुँदा एउटा दलले सरकार बनाउने र अर्को दल प्रमुख प्रतिपक्षमा रहने अवस्था हुने, त्यसले बलियो सरकार र बलियो प्रतिपक्ष हुने र मुलुकलाई ‘चेक एण्ड ब्यालेन्स’ मा राख्ने उनीहरुको निचोड छ ।

    तर, वर्तमान निर्वाचन प्रणालीको विकल्पमा संवैधानिक र कानुनी उपचार खोज्ने कि थप राजनीतिक अभ्यास गर्ने भन्नेमा दुई दलका बीच फरक–फरक मत छ ।

    खासगरी एमालेका महासचिव शंकर पोखरेल राजनीतिक स्थिरताका लागि दुईदलीय व्यवस्था आवश्यक रहेको भन्ने पक्षमा छन् । यसका लागि ‘थ्रेस होल्ड’ दश प्रतिशत पुर्‍याउनुपर्ने उनको मत छ । ‘उम्मेदवारले दश प्रतिशत भोट नल्याए जमानत जफत हुने अनि पार्टीका हकमा डेढ प्रतिशत र तीन प्रतिशत मापदण्ड राखेपछि लोकतन्त्र अस्थिर हुँदैन भनेर बहस गर्न नचाहने, त्यस्तो पनि हुन्छ ?’ २५ साउन २०८१ मा दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए ।

    प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा एक सीट र समानुपातिकतर्फ तीन प्रतिशत मत प्राप्त गर्नेमात्र राष्ट्रिय पार्टी हुन्छन् । प्रदेश सभामा दलको मान्यता पाउन प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ डेढ प्रतिशत मत ल्याउनुपर्छ ।

    राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा एक सीट र समानुपातिकतर्फ दश प्रतिशत मत प्राप्त गरेको हुनु पर्ने गरी संवैधानिक र कानुनी व्यवस्था गर्ने गरी एमाले नेताहरूले मस्यौदा समेत बनाएका छन् । तर, कांग्रेस नेताहरूले ‘थ्रेस होल्ड’ बढाएर नभइ थप राजनीतिक अभ्यास गर्न सकिने विकल्प प्रस्तुत गरेका छन् ।

    ‘संविधान संशोधन गर्नुभन्दा ठूलो चुनौती वर्तमान सत्ता गठबन्धन जोगाउनु पनि हो । यसकारण कांग्रेस र एमाले आगामी चुनावसम्म सँगै जान्छन् भने चुनावी तालमेल किन नगर्ने ?’ कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने ।

    ‘प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये कांग्रेस र एमालेले १२५ सिटमा प्रतिस्पर्धा गर्ने र बाँकी ४० सिटमा तालमेल गर्ने’ शीर्ष तहमा भएको छलफल सुनाउँदै एक नेताले भने, ‘यो सहमतिले दुई दलको आगामी चुनावसम्मै जाने दह्रिलो विश्वास नेता/कार्यकर्तालाई पनि दिन्छ ।’
    उनका अनुसार कांग्रेस र एमालेले अहिले नै २०८४ को चुनावमा तालमेल गर्ने सहमति गरे राजनीति थप सरल भएर अगाडि बढ्नेछ । अन्यथा, चुनावको मुखमा कांग्रेस र एमालेमध्ये जसले पनि तेस्रो दल माओवादीसँग चुनावी तालमेल गर्न सक्ने आशंका रहन्छ ।

    उनी भन्छन्, ‘पहिलो, दोस्रो र तेस्रो दलले एक्लाएक्लै चुनाव लड्ने वातावरण नबन्दा पहिलो र दोस्रो दल नै तेस्रो दलसँग तालमेलमा अघि सर्छन्, जो विगतमा हुँदै आएको छ ।’

    विगतमा माओवादीले सरकारमा रहेरै प्रतिपक्षमा रहेको दलसँग चुनावी तालमेल गरेको अनुभव समेतका आधारमा फेरि त्यस्तो हुन नदिने हो भने कांग्रेस र एमालेले नै निश्चित क्षेत्रमा प्रतिस्पर्धा र निश्चित क्षेत्रमा तालमेल गरेर जानुपर्ने प्रस्ताव ती कांग्रेस नेताको छ ।

    माओवादी केन्द्रले २०७४ सालको स्थानीय तह चुनावमा कांग्रेससँग र प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा एमालेसँग तालमेल गरेको थियो । २०७९ को चुनावमा भने कांग्रेस र माओवादी सहितका दलले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको चुनावमा तालमेल गरेका थिए । चुनावपछि भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । प्रचण्डले कांग्रेस र एमालेसँग गठबन्धन फेर्दै १८ महिना सरकारको नेतृत्व गरे ।

    अर्को विकल्प : धेरैमा प्रतिस्पर्धा, थोरैमा तालमेल

    कांग्रेस र एमालेमध्ये कुनै पनि दलले सरकार बनाउन सक्ने गरी बहुमत पाउन नसकाले तेस्रो दलले सरकारको नेतृत्व गर्ने अवस्था आएको र फेरि त्यस्तो हुन नदिनका लागि संविधान संशोधनविनै संसदमा कमभन्दा कम दलको उपस्थिति हुने वातावरण बनाउन कांग्रेस र एमालेकै बीचमा चुनावी तालमेल गर्ने प्रस्ताव केही नेताहरूले राखेका हुन् । ‘प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये कांग्रेस र एमालेले १२५ सिटमा प्रतिस्पर्धा गर्ने र बाँकी ४० सिटमा तालमेल गर्ने’ शीर्ष तहमा भएको छलफल सुनाउँदै एक नेताले भने, ‘यो सहमतिले दुई दलको आगामी चुनावसम्मै जाने दह्रिलो विश्वास नेता/कार्यकर्तालाई पनि दिन्छ ।’

    कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूले २०७९ सालको चुनावमा दलहरूले पाएको समानुपातिक मत संख्याको विश्लेषण गरेका थिए । उक्त मतका आधारमा कांग्रेस र एमाले मिल्दा तेस्रो ठूलो दल माओवादी केन्द्र एक सिटमा मात्रै अगाडि रहेको र अर्को एक सिटमा प्रतिस्पर्धामा आउन सक्ने उनीहरुको विश्लेषण थियो ।

    संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केही शीर्ष नेता उठेका ठाउँमा कांग्रेस र एमाले मिलिदिए पुग्ने दाबी छ

    उनका भनाइमा, यसरी संविधान संशोधन नगरेरै संसदमा दलको संख्या घटाउन सकिने छ । ‘हाम्रो थ्रेस होल्ड बढाउने प्रस्तावमा कांग्रेसले वैकल्पिक प्रस्ताव ल्यायो । कांग्रेसको प्रस्तावमाथि थप छलफल हुन बाँकी छ’, एमालेका एक नेताले सुनाए ।

    प्रतिनिधित्वको आधारमा निर्वाचन क्षेत्र

    सत्तारुढ दलहरूले अनौपचारिक छलफल चलाएको अर्को विषय हो– समानुपातिक निर्वाचन प्रणाली ।

    समानुपातिक निर्वाचन प्रणालीले चुनाव जित्न नसक्ने समुदाय, वर्ग, क्षेत्रका नागरिकको प्रतिनिधित्व नीति निर्माण तहमा भएको र यसलाई निरन्तरता दिनुपर्नेमा दुवै दल सहमत छन् । तर, प्रतिनिधि सभाको सदस्य संख्याको आकार ठूलो भएको र समानुपातिक निर्वाचन प्रणालीले धेरै दलको प्रतिनिधित्व प्रतिनिधि सभामा गराउँदा सरकार बनाउन र गिराउन प्रयोग भएको उनीहरूको निष्कर्ष छ ।

    यही निष्कर्षका आधारमा समानुपातिक निर्वाचन प्रणालीको अवधारणा कायम राख्ने तर, यो प्रणालीबाट चुनाव जित्नेहरूलाई राष्ट्रिय सभामा लैजाने अर्को विकल्प पनि छलफलमा छ । तर यो चर्को विवादको विषय बन्नसक्छ भन्ने नेताहरुले बुझेका छन् । यसो गर्दा प्रतिनिधि सभा सदस्यको संख्या घटाउन सकिने र समावेशी प्रतिनिधित्व पनि कायम राख्न सकिने उनीहरुको विश्वास छ ।

    प्रदेशको अधिकार प्रष्ट्याउने

    नेताहरूका अनुसार प्रदेश संरचनाप्रति नागरिकको असन्तुष्टि सम्बोधन गर्नुपर्नेमा दुवै दलका नेताहरू सहमत छन् । तर कसरी सम्बोधन गर्ने भन्नेमा विभिन्न विकल्प प्रस्तुत भएका छन् । एक नेता भन्छन्, ‘प्रदेश संरचना खारेज गर्ने कुरा संविधान नै खारेज गर्नेहरूको माग हो । किनभने वर्तमान संविधानको मुख्य संरचना प्रदेश हो ।’

    उनका अनुसार प्रदेश संरचना नागरिकको सेवामा कम देखिएकाले नागरिकमा निराशा देखिएको हो । यसलाई सम्बोधन गर्न प्रदेशको अधिकार स्पष्ट गर्न सकिनेबारे छलफल भएको छ । नेताहरूका अनुसार प्रदेश सरकारमा मन्त्रीहरूको संख्या धेरै भएको अनुभूति छ । यसलाई कति मन्त्रालय भनेर तोक्न सकिन्छ ।

    मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने र उनलाई विज्ञबाट मन्त्री बनाउने अधिकार दिन सकिने अर्को विकल्प पनि छ ।

    ‘संघमा पनि प्रत्यक्ष निर्वाचन प्रणालीको बहस हुने गरेको छ । यसको अभ्यास प्रदेशबाट गर्दै आउन सकिन्छ’ कांग्रेसका ती नेता भन्छन्, ‘संविधान संशोधनका सन्दर्भमा अनेकन विकल्पबारे छलफल भएको छ । तर, आकार दिन अझै समय लाग्छ ।’

    संयन्त्र बनाइँदै

    दुवै दलका नेताहरूका अनुसार २०८४ को चुनाव अगाडिसम्म संविधानको समीक्षा गर्न कुनै संयन्त्र बनाउने र त्यसको रिपोर्टका आधारमा आफ्नो दलले के गर्ने हो त्यसलाई लिएर जनतामा जाने विकल्पमा पनि छलफल चलेको छ ।

    ‘संविधानको समीक्षा आवश्यक छ । त्यसआधारमा जनमत परीक्षण गर्ने विषय अझै लोकतान्त्रिक हुन्छ’, कांग्रेसका एक नेता भन्छन्, ‘संविधान संशोधन लहडमा हुन सक्दैन । राष्ट्रिय सहमतिको वातावरणका लागि जनमत परीक्षण उत्तम विकल्प हुनेछ ।’

    एमाले प्रमुख सचेतक महेश बर्तौला संविधान संशोधनका विषय के कस्ता हुन सक्छन् भनेर विषय पहिचान भएको बताउँछन् । तर, कसरी अगाडि जाने भन्ने मोडेलका विषय टुंगिएको छैन । उनी भन्छन्, ‘प्रमुख संशोधनका विषय पहिचान भएका छन् । तर, संरचना के बनाउने तय भएको छैन । थप अध्ययनका लागि आयोग बनाउने कि समिति बनाउने भन्ने छलफलमै छ ।’

    बर्तौला अगाडि भन्छन्, ‘संक्रमणकालीन न्यायसम्बन्धी विषय सहमतिमै अगाडि बढेको छ । संविधान संशोधनको मोडेलको विषयको छलफलले तिहारपछि गति लिन्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनार खानुका १० फाइदा
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑