• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एउटै किशोरीलाई दुई जनाले मन पराएपछि भएको थियो झापा बाह्रदशी हत्याकाण्ड

  • वीरगंज संजाल
  • ६ कार्तिक २०८१, मंगलवार ११:५५
  • ९६९

    झापा | झापा बाह्रदशी– ५ फूलवारीका २२ वर्षीय राजेश हजामको हत्याकाण्डलाई खोतल्ने हो भने चलचित्रको कथाभन्दा रोचक पाइन्छ। विद्यालय पढ्दै गरेकी २० वर्षीया मुना मेचेलाई स्कुल बसका चालक र सहचालक दुवैले मन पराएपछि त्यहाँबाट उनीहरूको ‘क्राइम स्टोरी’ सुरु भएको देखिन्छ।

    बाह्रदशी– ५ घोडामारा माइत भएकी मुना बाह्रदशीको कञ्चनज्योति अंग्रेजी विद्यालय पढ्थिन्। त्यस स्कुल बसका चालक (हाल मुनाका श्रीमान्) अशोक राजवंशी थिए भने मारिने राजेश हजाम थिए सहचालक। स्कुल बसमा चढेर विद्यालय आउजाउ गर्ने मुना कक्षा ७ मा पढ्दाखेरी नै अशोक र राजेश दुवैले मन पराएका थिए।

    हेर्दा राम्री र मानिससँग छिट्टै नजिकिने स्वभाव मुनाको थियो। दुवैले मन पराए पनि आखिर अशोकले बाजी मारे। उनले कक्षा ९ मा पुगेकी मुनासँग प्रेम विवाह गरे भने राजेश जिल परे। तर, राजेशसँग बोलचाल भइ नै रह्यो।

    अशोक आफ्नो परिवारको लागि मरिमेट्दै गए। उनले मुना र आफ्ना पाँच वर्षका छोराको लागि बाह्रदशी– ६ सिमलवारीमा जग्गा किनेर घर बनाइदिए अनि आफू कमाउन साउदी अरब लागे। पाँच वर्षका नाबालक छोरासँग मुनालाई एकान्त घरमा बस्न गाह्रो हुन्छ भनेर उनका कान्छा देवर २० वर्षीय गुड्डु अर्थात गणेश भनिने राहुल राजवंशी रुँग्न आउन गर्थे।

    जम्मा आठजना दाजुभाइमध्ये मुनाका श्रीमान् अशोक काइला हुन् भने गणेश सबैभन्दा कान्छो। घर रुँग्न आउने गरेका गणेशले भाउजुको मोबाइल चलाउने क्रममा राजेशसँग म्यासेन्जरमा कुराकानी भइरहेको थाहा पाए। उनले आफू मुना बनेर कुराकानी गर्न थाले। त्यसक्रममा उनीहरुबीचको सबै कुरा थाहा पाएछन्। उनले सप्रमाण देखाएर सोधपुछ गरेपछि मुना वास्तविकता बताउन बाध्य भइन्।

    ‘त्यहाँबाट इगो सुरुवात भएको देखिन्छ,’ अनुसन्धानको नेतृत्व गरेका इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले भने। विष्टका अनुसार इगो साँध्न राजेशका साथीसमेत रहेका गणेशले जेठ १५ गते राति करिब ११ः३० बजेतिर म्यासेन्जरमा कल गरी उनलाई बोलाएका रहेछन्।

    कल आएपछि उनी करिब ३ किलोमिटर टाढा मुनाको घर आएका थिए। ‘राति ११ बजेतिर कल आएर राजेश घरबाट गएको उनका परिवारका सदस्यहरुले बताएका छन्,’ विष्टले भने,‘त्यो कल गणेशकै हुनुपर्छ।’ सोही दिनदेखि राजेश गायब भए।

    त्यसको तीन दिनपछि राजेशका परिवारले आफ्नो छोरा बेपत्ता भएको भनी इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिए। हुलियासहित निवेदन परेपछि सोही दिनदेखि बिर्तामोड प्रहरीले खोजी सुरु गरेको थियो।

    ‘हामीले करिब एक महिनासम्म राजेशको खोजी गर्‍यौँ,’ डीएसपी विष्टले भने, ‘तर कुनै पनि क्लु फेला परेन।’ त्यसबेला बिर्तामोड प्रहरीका डीएसपी विष्ट र तत्कालीन प्रहरी निरीक्षक रमेश राईसहितको टोली खोजीमा लागेको थियो।

    जब छिमेकी आशिष थापाका बुबाले मादकपदार्थ सेवन गरेका बेला राजेशलाई मारेको कुरा खुस्काए, त्यसपछि मात्र राजेश आफै बेपत्ता नभई बेपत्ता बनाएको प्रहरीले आशंका गर्‍यो। त्यसपछि गहन अनुसन्धान थालेको प्रहरीले सबैभन्दा पहिला मुनाका भतिज १६ वर्षीय नरेश राजवंशीसँग सम्पर्क गरेको डीएसपी विष्टले बताए।

    नरेशले आफ्ना काका समीर राजवंशीको पनि संलग्नता रहेको बताएपछि प्रहरीले उनीमाथि पनि अनुसन्धान थाल्यो। हत्याकाण्डकी मुख्य पात्र मुनालाई प्रहरीले केरकार गर्दा सुरुमा इन्कार गरेकी उनले पछि सबै कुरा बताएपछि राजेशको हत्या नै भएको हो भन्ने निष्कर्षमा पुगे पनि प्रहरीलाई प्रमाण हात लागेको थिएन।

    आरोपितहरुको बयानका आधारमा प्रहरीले मुनाको घर उत्खनन् गर्न थाल्यो। त्यसक्रममा राजेशको गन्जी, डोरी, सलको टुक्रा र दाउ फेला परेपछि प्रहरी उत्साहित बन्यो। तर, दुईदिनसम्म मुनाको घर आँगन खन्दासमेत राजेशको शव भेटिएन।

    ‘पहिलो दिन हामीले घरमा मेनुअली खन्न लगायौँ,’ डीएसपी विष्टले भने, ‘शव नभेटेपछि भोलिपल्ट जेसीबी लगाएर आँगन खनायौँ।’ आरोपितहरुले आफूहरुले किचनमा गाडेको भनेकोमा किचन खन्दा शव नभेटिएपछि फ्रेस माटो भएको आँगनमा खनेको डीएसपी विष्टले बताए। घरबाट शव उत्खनन् गरी बिरिङको बगरमा गाडेको सुइको पाएपछि प्रहरी टोलीले बिरिङको बगर खन्न थाल्यो।

    काँसघारी भएको बिरिङको बगर खन्दासमेत प्रहरीले प्रोपर स्पोर्ट लोकेसन थाहा पाउन सकिरहेको थिएन। ‘हामीलाई बिरिङकै बगरमा गाडेको यकिन भए पनि शव नमिल्दा हिउँदमा गाडेको शव बर्खाको भेलले बगायो कि भन्ने शंका पनि लाग्यो,’ डीएसपी विष्टले भने।

    जब चौथो दिन आरोपितहरु समीर र मुनालाई दुबई भागेका गणेशसँग फोनमा कुराकानी गर्न लगाएर शव गाडेको ठाउँबारे यकिन गर्न लगाएपछि प्रहरीलाई सफलता मिलेको थियो। हत्या भएपछि करिब ४ महिनापछि गत असोज २० गते साँझ राजेशको कंकाल भेटिएको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑