वीरगंज | सर्लाहीको ब्रम्हपुर गाउँपालिकामा करिब १० किलो गाँजा सहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, ब्रम्हपुर गाउँपालिका–५, सखुअवा गाउँका २१ वर्षीय पंकज साहलाई गाँजा लुकाएर राखेको आरोपमा पक्राउ गरिएको हो।
प्रहरीले प्राप्त सूचनाका आधारमा साहको घरमा छापा मारी गाँजा बरामद गरेको हो। पक्राउ परेका साहमाथि लागुऔषध सम्बन्धी अभियोगमा जिल्ला अदालत मलंगवाबाट ७ दिनको म्याद लिइ अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार, साहको विरुद्धमा थप अनुसन्धान भइरहेको छ र दोष प्रमाणित भएमा लागुऔषध कानुन अनुसार कडा कारबाही गरिनेछ।
प्रहरीले गाँजा जस्तो गम्भीर अपराधमा संलग्न नरहन र यसबारेमा थप सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।