• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशमा लगातार तेस्रो पटक प्रथम

  • वीरगंज संजाल
  • ५ कार्तिक २०८१, सोमबार १८:११
  • ११३७

    वीरगंज | मधेस प्रदेशमा स्वास्थ्य कार्यालय पर्सा लगातार तीन वर्षदेखि कार्यसम्पादनमा प्रथम भएको छ। मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७८/७९ देखि हालसम्मको कार्यसम्पादन मूल्यांकनमा स्वास्थ्य कार्यालय पर्सालाई पहिलो स्थानमा राख्दै आएको हो।

    आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा पनि पर्साले ८१.८५ अंकसहित प्रथम स्थान हासिल गरेको छ। यसमा स्वास्थ्य कार्यालय सर्लाही ७७.७४ अंकका साथ दोस्रो, र सिरहा ७५.५२ अंकसहित तेस्रो भएको छ।

    मधेस प्रदेशका ८ जिल्ला, ११ प्रादेशिक अस्पताल, र एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यसम्पादन मूल्यांकन गर्दै मन्त्रालयले यो उपलब्धि सार्वजनिक गरेको हो। मूल्यांकनका लागि गठन गरिएको मन्त्रालयस्तरीय समिति मार्फत यी कार्यालयहरूको सेवा प्रवाह, सेवाग्राही सन्तुष्टि, र सूचकहरूको आधारमा मूल्यांकन गरिएको थियो।

    जनकपुरमा आयोजित प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्यमन्त्री सत्रुधन सिंहले स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्ति नारायण साहलाई प्रमाणपत्रसहित सम्मानित गरेका थिए।

    जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले स्वास्थ्य कार्यालय पर्साले लगातार तीन वर्षदेखि प्रथम स्थान हासिल गर्दै आएको र आगामी वर्ष पनि यो स्थान कायम राख्न प्रतिबद्ध रहेको जानकारी दिएका छन्।

    स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले मधेस प्रदेशमा पर्सा जिल्लाको स्वास्थ्य क्षेत्रमा गरेको उत्कृष्ट कार्यको प्रशंसा गर्दै, यस वर्ष पनि सफलतापूर्वक प्रथम स्थानमा आउनु गर्वको विषय भएको बताए। उनले स्वास्थ्य सेवाको गुणस्तर सुधार्नका लागि कर्मचारीहरूको मेहनत र जनताको सक्रिय सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरे।

    ठाकुरले आगामी वर्ष पनि पर्सा जिल्लाको स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन थप सुधार र नयाँ योजनाहरू कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। “हामी निरन्तर जनताको सेवा प्रवाहलाई सुधार गर्दै मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा दिने प्रयासमा छौँ,” ठाकुरले भने।

    यसरी लगातार तीन वर्षसम्म पर्सा जिल्ला स्वास्थ्य क्षेत्रमा उत्कृष्ट साबित हुँदा, जनताको स्वास्थ्य सेवामा पहुँच र गुणस्तरमा थप सुधार आउने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑