वीरगंज | साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ९५ रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।