वीरगञ्ज । कार्तिकदेखि ५ महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिने भएको छ । निर्माण गर्नु पर्ने भएकाले कात्तिकदेखि चैतसम्म विमानस्थल दिनहुँ १० घण्टा बन्द गरिन लागेको हो ।
कार्तिकबाट राती १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ । कात्तिक २३ गतेदेखि चैत १८ सम्म विमानस्थलमा निर्माण कार्य गर्न लागिएको हो ।
विमानस्थलको क्षमता र सुरक्षा मापदण्डलाई सुधार गरिनुका साथै नयाँ ट्याक्सीवेको सुदृढीकरण गर्ने प्राधिकरणको योजना छ । विमानस्थलको मास्टर प्लानअनुसार हवाई क्षेत्रको क्षमता र सुरक्षा मापदण्ड सुधार गर्न लागिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका बेला अन्तर्राष्ट्रिय उडानको चाप घटाउन गौतम बुद्ध विमानस्थल प्रयोग गर्ने प्राधिकरणको योजना छ ।