वीरगंज । बालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा नयाँ बसपार्कस्थित एक गेस्ट हाउस सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा निमा गेस्ट हाउसका सञ्चालक सुजन तामाङ छन् । उनीविरुद्ध एक वर्षअघि नै जाहेरी परेको थियो । त्यसपछि उनी फरार थिए ।
तामाङले गेस्ट हाउस सरसफाइको काममा राखिएकी बालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको पाइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । उनीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।