वीरगंज | एनसेलले आफ्नो सेल्फ केयर एप एनसेल एपलाई अपडेट गरी नयाँ-नयाँ सुविधाहरु थपेको छ। ग्राहकहरुले अब एनसेल एपमा नै जल तथा मौसमको बारेमा जानकारी लिन, समाचारहरु पढ्न पाउँछन् भने एनसेल एपमा मात्रै पाईने विभिन्न अनलाइन गेमहरुको मजा लिन सक्छन्।
चाडपर्वहरू र हप्ताको अन्तिममा अनलाइन गेम प्रतियोगिता पनि एनसेल एपले गर्ने गरेको छ । प्रतियोगिताको अन्त्यमा धेरै अंक प्राप्त गरेका ग्राहकहरूले पुरस्कार जित्न सक्ने एनसेलले जनाएको छ ।
दशैंको अवसरमा ल्याईएको चार वटा विभिन्न डेटा प्याक, पाँच वटा भ्वाइस प्याक र अनलिमिटेड अफर पनि उपलब्ध रहेको छ । एनसेल एपमा ग्राहकहरूले एनसेल एपबाटै आफ्नो मोबाइलमा भोल्टे सेवा चल्ने, नचल्ने जाँच गर्न पनि सक्छन् र चल्ने भएमा एपबाटै भोल्टे सेवा एक्टिभेट गर्न सक्ने सुविधा रहेको छ ।
एनसेलका अनुसार, एप प्रयोगकर्ताहरुका लागि एप विशेष अफरहरू पनि रहेका छन् । जस्तै रु ११२ मा ७ दिनको समयावधि रहेको ५ जीबी डेटा एनसेल एपमा मात्र खरिद गर्न सकिन्छ ।
एनसेलले पुरानो भर्सनबाट नयाँ एनसेल एपमा अपडेट गर्ने ग्राहकहरुलाई निःशुल्क २०० एमएमबी डेटा दिन थालेको छ । एनसेल एप प्रयोगकर्ताहरूका लागि अन्य विशेष अफरहरु ल्याउने योजना रहेको एनसेलले जनाएको छ ।
आफ्ना अन्य साझेदारहरुको सहकार्यमा एनसेल एपमा अरु पनि आकर्षक सुविधाहरु समावेश गरिएका छन् । नासा सेक्युरिटिजसँगको साझेदारीमा ग्राहकहरुले एनसेल एपमा फास्टेष्ट फिङ्गर फस्ट गेम ९सबैभन्दा चाँडै डिम्याट खाता खोल्ने० खेल्न सक्छन् र प्रत्येक महिना १२ महिना सम्म स्मार्टफोन जित्न सक्छन् ।
त्यसैगरी एनसेलले आफ्ना एनसेल एप प्रयोगकर्ताहरुका लागि विभिन्न प्रिमियम ब्राण्डका सामानहरु उपलब्ध गराउने अनलाइन प्लेटफर्म इफार्मेसीसँग साझेदारी गरेको छ । यो साझेदारी अन्तर्गत एनसेल एप प्रयोगकर्ताहरुले विभिन्न ब्राण्डका उत्पादनहरुको खरिदमा १० प्रतिशत छुट र निःशुल्क डेलिभरी सेवाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।
सधैं अनप्रति कम्पनीको प्रतिबद्धता र ग्राहक अनुभव अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुसार एनसेलले गत महिना मात्र पुलिस रिपोर्टका लागि अनलाइन आवेदन दर्ता सुविधा आफ्नो एपमा थपेको थियो । यो सँगै प्रयोगकर्ताले पुलिस रिपोर्टका लागि सिधै एपमार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्ने भएका छन् ।
ग्राहकहरूको डिजिटल यात्रा सहज बनाउन सहयोग पुर्याउने कम्पनीको प्रतिबद्धता बमोजिम नेपाली बजारमा नै उपलब्ध स्थानिय सूचना प्रविधि प्रतिभाहरूमार्फत एनसेल एपलाई कम्पनीले अपडेट गर्दै आएको छ। ग्राहकहरूले एपको प्रयोग गर्दा व्यक्तिगतरूपमा सेवा प्रदान गरिएको अनुभव लिन सक्छन्।
सजिलै भ्वाइस र डाटा प्याकहरू लिन सकिने, अनलाइन रिचार्ज, मासिक बिल, रिसोर्स ट्याकिङ, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा सुरू गर्ने लगायत अन्य थुप्रै एपमा रहेका विद्यमान सेवा, सुविधाहरू हुन्।
एनसेल एपको नयाँ अपडेटेड भर्सन प्लेस्टोर र आईओएस स्टोरबाट सजिलै डाउनलोड वा अपडेट गर्न सकिन्छ। एनसेल एप डाउनलोड गरी लग इन गरेपछि ग्राहकले १ जीबी डाटा निःशुल्क प्राप्त पनि गर्ने बताईएको छ।
स्थानिय सूचना प्रविधिका प्रतिभा र एप डेभलपमेन्ट क्षमताको प्रयोग गरेर यो एप अपडेट गरिएकाले यसले ठूलो अर्थ राख्ने एनसेलले जनाएको छ । यो एपले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा डिजिटल नेपाल भिजनका आकांक्षाहरू हासिल गर्न पनि योगदान पुर्याउने विश्वास लिईएको छ।