• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हिरासतमा गीता पाठ गरेर बस्छन् बेचन झा

  • वीरगंज संजाल
  • २९ श्रावण २०८१, मंगलवार १३:०७
  • ८३७

    काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका बेचन झा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । उनी असार १४ गते पक्राउ परेका थिए । झा अहिले हिरासतमा धार्मिक ग्रन्थ श्रीमद भगवत् गीता पाठ गरेर बस्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । धार्मिक स्वभावका उनलाई अरू थुनुवासँगै राखिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘उहाँ गीता पढेर बस्नुहुन्छ ।’

    ‘मन्त्रिपरिषद्बाट निर्णय गराउँछु’ भनेर उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । तर, बेचनले सो आरोप अस्वीकार गरेका छन् । चेकबारे बयानमा बेचनले भनेका छन्, ‘चेकमा कसैले मेरो नाम भरिदियो होला ।’ बेचनको बयानबाट शरणार्थी प्रकरणमा उच्च राजनीतिक तहको ‘कनेक्सन’ खुल्छ भन्ने आकलन थियो । तर, उनले शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेसँगै राजनीतिक कनेक्सन खुलेन । बयान लिएर प्रहरीले उनलाई थुनामा राखिरहेको छ । सङ्गठित अपराध मुद्दामा उनलाई ६० दिनसम्म हिरासतमा राख्न पाउने अधिकार प्रहरीसँग छ । शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेर धरौटीमा छुटेका रामशरणले केसीले उनलाई चेक दिएको बयानमा खुलाएका छन् । चेक दिनेबलामा भेट्दा रामशरण र झाको बिचमा भएको कुराकानीको अडियो प्रहरीले बरामद गरेको छ । तर, बेचनले रामशरणसँग भेटेको कुरा पनि अस्वीकार गरेका छन् ।

    अनुसन्धानमा संलग्न ती अधिकृतका अनुसार बेचनले बयानमा भनेका छन्, ‘मैले रामशरणलाई भेटेको छैन, अडियोमा बोल्ने मानिस म होइन, मेरो आवाज नै होइन ।’ केसीका अनुसार २०७८ मंसिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका हुन् । तर, प्रहरीले चेक बरामद गर्न सकेको छैन । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झाले पर्साबाट नागरिकता लिएका छन् । तर, झाको साथमा भारतीय आधार कार्ड समेत भेटिएको छ । यसबारे सत्यतथ्य बुझ्न प्रहरीले भारतमा पत्राचार समेत गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑