रौतहट । रौतहट जिल्लाको गार्मिन भेग अवस्थित कटहरिया नगरपालिका वडा नं १ भसेढवा निवासी लोक प्रिय गायक रुद्र नरायण तिवारीको स्वरमामा हिन्दी गीत ‘पेहला प्यार ’ भिडिओ सार्वजनिक गरिएको छ ।
भारत कै फिल्मी नगरी मुम्बईमै तयार गरिएको छ । अभिनेता रुद्र नारायण तिवारी र सलोनी कुमारी, निर्देशक अनुपम साह,सम्पादक अनुपम साह, DOP रेहान खान, DI रेहान खान विशेष सहयोगी साजन जैसवाल गरेका छन् ।
गायक रुद्र नरायण तिवारीले गीत रचना गरेका हुन् ।
‘पेहला प्यार …’ बोलको गीतमा प्रेमी-प्रेमिकाबीचको माया-प्रेमलाई समेटिएको छ । गायक तिवारीले यसअघि पनि ‘ओ मा’ हिन्दी गीत पुरातात्विक महादेव मन्दिरको चर्चित भोजपुरी भाषामा ‘ देवा देवाले ’ ‘दो दिल मिल रहा है’ हिन्दी गीत गाईसकेका छन । तिवारी विगत एक दशक देखी भारतको फिल्मी नगर मुंबईमा बशेर गीत संगीतको काम गर्दै छ ।