जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महोत्तरी मठिहानी ६ स्थित आगलग्गी प्रभावित क्षेत्रका पीडितका लागि छिट्टै राहतको घोषणा गरिने बताएका छन् । शनिबार आगलागी भएको क्षेत्रको निरीक्षण गर्दै उनले राहत प्याकेज घोषणा गर्ने बताएका हुन् ।
प्रधामन्त्रीको अध्यक्षतामा भएको बैठकमा सहभागि हुन काठमाडौ पुगेका मुख्यमन्त्री यादव जनकपुरधाम फर्किएलगत्तै मठिहानी पुगेर आगलग्गी प्रभावित क्षेत्रको निरीक्षणका साथै पीडित परिवारहरुको अवस्थाबारे जानकारी लिएका छन् ।
पीडित परिवारहरुसँग कुरा गर्दै उनले क्षतिको विवरण यकिन गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन समेत दिएका हुन् । उनले विवरण प्राप्त भएगत्तै प्रदेश सरकारबाट ठोस् राहत प्याकेज घोषणा गरिने प्रतिवद्धता व्यक्त गरे । प्रदेश सरकार जनताको सरकार रहेको बताउँदै उनले जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा तत्कालिक राहत प्याकेज वितरणमा कुनै समस्या नरहेको हुँदा ठोस् राहतका लागि छिट्टै प्याकेज घोषणा हुने बताए ।
बैशाख १२ गते बुधबार मटिहानी ६ मा भएको भिषण आगलग्गीबाट एक सय ३ घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।