पर्सा । राजन कुमार बानिया । पर्साको धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुर गाउँमा आज अागलगी हुदा पाँच वटा फुसको घर र घरको नजिकमा रहेको ब्रहम बाबाको रुख समेत अागलगी बाट जलेर नष्ट भएको छ।
अागलगी बाट योगेन्द्र साहको घरबाट अागलगी सुरु भएको अागो बाट भरत साह कानु, हरिन्द्र साहकानु, लक्ष्मी साह कानु र सेठ साह कानुको घर जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरिक्षक तोजेन्द्र बिसीले जनाएका छन्। अागलगी बाट घर, फर्निचर, अनाज, कपडा, गरगहना, गरि लाखौको सम्पत्ति जलेर नष्ट भएको छ।
अागो कसरी समात्यो अकिन नभएको प्रहरीले जनाए को छ। अागो नियन्त्रण गर्न स्थानिय बासी प्रहरी र पोखरिया नगपालिक बाटो गएको बारुणयन्त्रको सहयोगमा अागो नियन्त्रणमा लिएको थियो।**