बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट करिब ३१ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
बारा प्रहरीले बिल भन्दा बढी तथा स्रोत खुलाउन नसकेको ३० लाख ९६ हजार मूल्य बराबरको सामान बरामद गरेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।nउनका अनुसार सिमरा, जीतपुर, पथलैया, मुसहर्वा लगायतको ठाउँबाट सबै सामान बरामद गरिएको हो ।
बारा प्रहरीले प्रसौनी गाउँपालिकाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख २८१९ नम्बरको ट्रकबाट काजु, बेल्ट, पर्स, कागजसहित ६ लाख मूल्य बराबरको सामान बरामद गरेको छ भने सिमरा सुर्य नेपाल नजिकैबाट नारायणघाटतर्फ जाँदै गरेको ना ४ क १९२८ बसबाट १८ हजार बराबरको सामान बरामद गरेको हो ।
यसैगरी जीतपुरबाट पथलैयातर्फ जाँदै गरेको बागमती प्रदेशको ०१–००६–ख ३१३९ नम्बरको चिनी र यूरिया मल बरामद गरेको बारा प्रहरीले जानकारी दिएको छ ।
साथै मुसहर्वाबाट ७२ पर्दा र झुल तथा बरामद गरेको जनाएको छ भने सिरहातर्फ जाँदै गरेको ना ४ ख २७४१ नम्बरको ट्रक २२ लाख १५ हजार मूल्य बराबरको खुद्रा समान बरामद गरेको प्रहरीले जनाएको छ ।
यसैगरी बीरगन्जबाट सर्लाहीतर्फ जाँदै गरेको पीकअप गाडीबाट ३ लाख मूल्य बराबरको अन्य खुद्रा सामान बरामद गरिएको बारा प्रहरी बताउँछ ।
बरामद सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरी भनाइ छ ।