• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा राष्ट्रिय बुद्धिचाल प्रतियोगीता सम्पन्न, खेलकुदको विकास प्राथमिकतामा छ

  • वीरगंज संजाल
  • १२ बैशाख २०८१, बुधबार १८:२९
  • १५६९

    वीरगञ्ज । वीरगञ्जमा आयोजित तीन दिवसीय राष्ट्रिय बुद्धिचाल प्रतियोगीता सम्पन्न भएको छ । नेपाल बुद्धिचाल महासंघको समन्वयमा पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट माविको सयुँक्त आयोजनामा मुनलाईट युथ एण्ड क्याडेट नेशनल चेस च्याम्पियनशिप बुधवार सम्पन्न भएको हो ।
    पर्सा जिल्ला बुद्धिचाल संघका अध्यक्ष अजय प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न समापन समारोहलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा राष्ट्रिय स्तरका खेलकुद गतिविधि बढ्दै गएको प्रति खुशी व्यक्त गरे ।
    वीरगञ्ज महानगरपालिकाले युवा र खेलकुदलाई प्राथमिकता दिएको बताउँदै उनले खेलाडीको सम्मान र प्रोत्साहनका क्षेत्रमा महानगरले काम गरीरहेको जानकारी गराए । आगामी दिनमा अझै धेरै खेलकुद गतिविधि बढाउने गरी महानगरले गृहकार्य गरीरहेको पनि उनले बताए । साथै उनले प्रतिस्पर्धामा सहभागी हुन आएका वीरगञ्ज भन्दा बाहिरी जिल्लाका अतिथीलाई स्वागत गर्दै वीरगञ्ज घुम्न पनि आग्रह गरेका छन् । वीरगञ्ज आएर राती बजार नघुमेर नफर्किन पनि उनले आग्रह गरेका छन् ।
    नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धर्म बहादुर लामाले खेलकुदलाई व्यवसायिकरण गराउनका लागि तीन वटै तहका सरकार उदासिन रहेको प्रति चिन्ता व्यक्त गरे । खेलकुदलाई हेर्ने राज्यको दृष्टिकोण नफेरिएसम्म खेलकुदको विकास हुन नसक्ने उनको धारणा छ । उनले भने, ‘अहिलेको चालु आर्थिक वर्षमा सिंगो बजेटको जम्मा ०.१६६ प्रतिशत युवा तथा खेलकुद मन्त्रालयमा बिनियोजन गरिनुले पनि खेलकुद क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण स्पष्ट हुन्छ । यो रबैयाले खेलकुदको र खेलाडीको बृद्धि विकास हुन सक्तैन ।’
    खेलकुद र खेलाडीमा लगानी बढाउनुपर्नेमा जोड दिँदै उनले खेलाडीलाई मासिक प्रोत्साहन भत्तासँगै, राष्ट्रसेवक खेलाडीलाई निश्चित मापदण्ड बनाएर सम्मानजनक जीवनयापनका लागि निवृतिभरणको व्यवस्थाका लागि महासंघले निरन्तर आवाज उठाइरहेको बताए । साथै खेलाडीको सहज उपचार र जीवन बिमा गराउनुपर्ने माग पनि उनले राखे ।
    समापन समारोहमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष श्याम केसी, प्याब्सन पर्साका उपाध्यक्ष सरोज चौधरी, प्याब्सन वीरगञ्जका अध्यक्ष आलोक चौरसिया लगायतको उपस्थिती रहेको थियो । दुर्गा भट्टले खेलाडीका अभिभावकको प्रतिनीधित्व गर्दै अनुभव सुनाएकी थिइन् ।
    प्रतियोगीताको नतिजा चिफ आर्बिटर रामकिशोर सिंह परागले प्रस्तुत गरेका थिए । बुद्धिचाल खेलाडी उत्पादनसँगै बुद्धिचाल खेलकुदप्रति विद्यार्थीको अभिरुची अभिवृद्धि गर्ने अभिप्रायले वीरगञ्जमा प्रतियोगीता आयोजना गरिएको वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष समेत रहेका परागको भनाई छ ।
    प्रतियोगीतामा १८ वर्ष मुनीतर्फ पुरुषोत्तम सिलवाल प्रथम, उमेश भट्ट द्वितिय र शुभम श्रेष्ठ तृतिय भएका छन् । १६ वर्ष मुनीतर्फ अनुष्ण गौतम प्रथम, आद्यन्त काफ्ले द्वितिय र क्षितिज सेन तृतिय भएका छन् । १४ वर्ष मुनीतर्फ अनुपजंग शाह प्रथम, कृषान्त घिमिरे द्वितिय र कशिव कार्की तृतिय भएका छन् । १२ वर्ष मुनीतर्फ अबिन पाण्डे प्रथम, ओस्कार पन्थी द्वितिय र सरल मैनाली तृतिय भएका छन् । १० वर्ष मुनीतर्फ अग्रिम सैँजु प्रथम, हार्दिक पन्त द्वितिय र साहस श्रेष्ठ तृतिय भएका छन् । ८ वर्ष मुनीतर्फ सुनभ ओझा प्रथम, आर्थव त्रिपाठी द्वितिय र आगमन ठकुरी तृतिय भएका छन् ।
    छात्राअन्र्तगत १८ वर्ष मुनीतर्फ सनम श्रेष्ठ विजेता र साक्षी साह उपविजेता बनेका छन् । १६ वर्ष मुनीतर्फ पुर्णिमा गुरुङ प्रथम, उज्जीवनी कँडेल द्वितिय र बिनिता प्रजापती तृतिय भएकी छन् । १४ वर्ष मुनीतर्फ स्नेहा कुमारी साह विजेता र सृष्टि साह उपविजेता बनेका छन् । १२ वर्ष मुनीतर्फ बिबिशा तामाङ् विजयी हुँदा तचिता अग्रवाल उपविजेता बनेकी छन् । १० वर्ष मुनीतर्फ ईशा गिरी प्रथम, सिम्रन गुरुङ द्वितिय र कृतिमा तिमिल्सीना तृतिय भएका छन् । ८ वर्ष मुनीतर्फ अग्रता आचार्य विजेता हुँदा आर्जु रोकाय उपविजेता बनेकी छन् ।
    प्रतियोगीतामा विजेता तथा उपविजेताहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको प्रतियोगीताका निर्देशक सुलभ केसीले जानकारी दिए । उनकाअनुसार सबै उमेर समूहका विजेताहरु आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन यूथ चेस च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् ।
    बैशाख १० गतेदेखि सुरु भएको प्रतियोगीतामा नेपालगञ्ज, बुटवल, मोरङ्, काठमाण्डौ, भक्तपुर लगायतका जिल्लाबाट ७५ जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो । समापन समारोहमा कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सञ्चार माध्यम लगायत विभिन्न संघ संस्थालाई कदर पत्र प्रदान गरिएको थियो । समापन समारोहको सहजीकरण सञ्चारकर्मी उज्जवल शर्माले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑