• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जानकीटोलाबाट राँगा भैंसीको तस्करी, एसपी बेखबर

  • वीरगंज संजाल
  • ११ बैशाख २०८१, मंगलवार ११:०८
  • १०७७

    वीरगंज | पर्साको मुख्य भंसार नाका वीरगंजको मुख्य गेटबाट भारतीय बजार रक्सौल गएर आउने सर्वसाधारण नागरिकलाई कड़ाईका साथ खानतालासी गरेर तस्करी नियन्त्रणमा कड़ाई गरेको भ्रम फैलाउने पर्सा जिल्ला स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी कार्य जारी रहेको एक पछि अर्को घटनाले पुष्टि हुँदै आएको छ।

    सीमा क्षेत्रमा दिउँसो कड़ाई गर्ने र रात्री १२ बजे पछि विहान तीन बजेसम्मको समयमा तस्करहरूलाई राजस्व चुहावट गर्न सीमा क्षेत्रमा रहेका नेपाल र सशस्त्र प्रहरी बलका पोस्ट एवं ड्यूटीबाल प्रहरीलाई प्रभावमा पारेर तस्करहरूले दैनिक करोडौँ रुपैयाँ बराबरको राजस्व चुहावट गर्दै आएको सशस्त्र र नेपाल प्रहरीले वीरगंजका भित्री बजारबाट छापामारी गरेर दुई दिनमै करोडौँ मूल्य बराबरको सामान नियंत्रणमा लिएको घटनाले पनि पुष्टि गर्दछ।

    त्यति मात्र नभई प्रहरीकै मिलेमतोमा खाद्यान्न र प्याजको समेत अवैध लाइन दिएको खुलेपछि आइतवार मात्र वीरगंज बसपार्कस्थित प्रहरी चौकीका सम्पूर्ण टीमलाई जिल्ला तानिएको घटनाले पनि तस्करी भैरहेको पुष्टि गर्दछ।

    यसैबीच पर्साको जानकी टोला क्षेत्रबाट रांगा भैँसीको अवैध तस्करी अनियन्त्रित रुपमा फस्टाएको खबर प्राप्त हुन आएको छ।

    दैनिक रुपमा सैयौँको संख्यामा अस्वस्थकर रांगा भैँसी भारतको चोरबाटो हुँदै जगरनाथपुर ल्याएर नेपाली रांगा भैँसी भनि सप्लाई गर्ने गरिएको बताइन्छ.

    प्राप्त खबर अनुसार यस अघि जगरनाथपुर गाउँपालिकामा साताको दुई दिन सोमबार र शुक्रबार लाग्ने पाडा बजार अब दैनिक रुपमै लाग्ने गरेको बुझिन आएको हो ।

    पर्सा जिल्लामा प्रहरी प्रमुख भएर एसपी कुमोध ढुंगेलको आगमन पश्चात जगरनाथपुरमा बजार बन्द गरिएको भनिए पनि भारतबाट अवैध रुपले भित्र्याइने पाडाहरु बजार कै छेउमा कम्पाउण्ड भित्र अघोषित रुपले दैनिक नै बजार लाग्ने गरेको पाइएको छ ।

    केही संचारकर्मीहरुको समुह बिहिवार जगरनाथपुर स्थित पाडा बजारमा जाँदा सुनसान देखिए पछि बजार छेउमै रहेको एक झोपडीमा केहि मानिसहरुको चहल पहल देखे पछि संचारकर्मीहरुले एक जना संग बजार किन नलागेको जिज्ञासा राख्दा ती व्यक्तिले नयाँ एसपीले लाइन नदिएकोले “बजारको पुर्व तर्फ रहेको करिब डेढ सय पाडा अटाउने सेड सहितको कम्पाउण्ड” तर्फ देखाउँदै भने त्यसमा अब दैनिक रुपमै बजार लाग्ने गरेको बताए ।

    ती व्यक्तिले अधिकांश पाडा भारतबाट महादेव यादवले ल्याउने गरेकाले विगतमा जिल्लासम्म लाइन मिलाएर ल्याउँदा बजारमा खुल्लेयाम वडा समितिबाट स्थानीय पाडा भएको भनी सिफारिस लिएर बिक्रि वितरण तथा यहाँबाट काठमाण्डौं सम्म पुर्‍याउने गरिन्थ्यो।

    तर नयाँ एसपी आए पछि स्थानीय स्तरमा थाना चौकीलाई मिलाएर ल्याउँदा बजारमा खुल्ला रुपले बिक्री वितरण गर्न उनीहरु कै सुझावमा बन्द गरी गोठ जस्तो बनाइएको सो कम्पाउण्ड भित्र दैनिक रुपमा ९०–१०० पाडा मात्र ल्याएर चिनेको व्यापारीलाई मात्र प्रवेश गराइ विक्रि वितरण गर्ने गरेको बजार व्यवस्थापनमा खटिएका एक जनाले बताए ।

    ती व्यक्तिसँग नाम सोध्दा निजले किन चाहियो तिमीहरु को हो भनेर आक्रमक शैलीमा धम्काउने प्रयास गरेका थिए ।

    संचारकर्मीहरुको सोधिखोजी हेरे पछि एकै छिनमा त्यहा रहेका खलिफा जस्तो देखिने ४–५ जना आएर किन बजार र पाडा ल्याउने श्रोत सोधेको भनी प्रतिप्रश्नका साथै उग्र हुन थाले पछि संचारकर्मीहरु त्यहाँबाट गाउँपालिकामा गएर बुझ्ने भनेर फर्किएका थिए ।

    दैनिक रुपमा यसरी अस्वस्थकर रांगा भैँसी भित्रिरहँदा पनि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका प्रमुख किशन कर्माचार्य बेखबर छन् की बेखबर बनेको नाटक गर्दैछन्? चासोको विषय बनेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑