• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जसहित तराई–मधेसमा अचाक्ली बढ्यो गर्मी

  • वीरगंज संजाल
  • १० बैशाख २०८१, सोमबार १२:०८
  • १३२१

    वीरगन्ज | एक हप्तायता वीरगन्जसहित देशभर गर्मी अचाक्ली बढेको छ ।पर्सा, बारा सहित तराई–मधेसका जिल्लामा दिउँसोको समयमा तातो हावा चल्न थालेको छ ।वीरगन्ज,जनकपुर, नेपालगञ्ज, भैरहवा, धनगढीमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

    वीरगन्जमा हिजो आइतबार दिउँसो तापक्रम ४२ डिग्री सेल्सियसभन्दा पनि बढी पुगेको थियो । यस्तै जनकपुरमा ४० , भैरहवामा ४३ दशमलव ६, नेपालगञ्जको ४२ दशमलव २ र धनगढीको ४२ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । आजदेखि तापक्रम अझै बढ्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताऐ ।

    तराई–मधेसकाका विभिन्न ठाउँमा तातो हावा चलेर तापक्रम ’लु’ को अवस्थामा पुगे पनि जल तथा मौसम विज्ञान विभागले लु’ चलेको आधिकारिक घोषणा गरिसकेको छैन ।सामान्यतया लगातार तीन दिन वा त्योभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा लु’ चलेको घोषणा गरिन्छ ।

    यसको निश्चित मापदण्ड नभए पनि निरन्तर तापक्रम ४० डिग्रीभन्दा माथि पुग्यो भने ‘लु’ चलेको घोषणा गर्ने गरिएको मौसमविद् झाले बताए । तत्काल पानी पर्ने सम्भावना नभएकाले देशभरको तापक्रम अझ बढ्न सक्ने उनको भनाइ छ ।

    एक साता यता गर्मी अचाक्ली बढेपछि सबै भन्दा बढी खुल्ला स्थानमा दैनिक ज्यालामजदु्री गर्नेहरु समस्यामा परेका छन् । खासगरी शहर बजारमा रिक्सा ठेला चलाउने, घरनिर्माणको काम गर्ने मजदुरहरुलाई अहिलेको गर्मीमा निक्कै सास्ती भइरहेको छ ।

    बिहान देखि नै चर्को घाम लाग्दै आएका कारण सडक तथा बजारमा मानिसहरुको चहल पहल पनि कम देखिएको छ ।चर्को गर्मी र प्रचण्ड घामका कारण खास गरि दैनिक ज्यलादारीमा काम गर्ने मजदुरहरुलाइ बढि सास्ती भएको छ । त्यसै गरि ग्रामीण क्षेत्रमा खेतमा काम गर्ने कृषि मजदुर तथा शहर बजारमा रिक्सा र ठेला चलाउने मजदुरहरुको जनजीवन पनि गर्मीका कारण कष्टकर बनेको छ ।

    बिहानै देखि चर्को घाम लाग्ने गरेकाले दिउँसोको समयमा बजारमा यात्रु समेत पाउन छाडेको वीरगन्जमा तीन वर्ष देखि रिक्सा चलाउदै आएका भारत बैरगनीयाका महिन्द्र महत्ताले बताए । घाममा रिक्सा चलाउन गाह्रँे त छदैछ ,चलाएपनि दिउँसोको बेला यात्रु पाइदैन , उनले भने ,‘गर्मीमा कमाइ नै मरेको छ ।दिउँसो चर्को घाम लाग्ने गरेकाले बिहान र बेलुकी मात्रै रिक्सा चलाउने गरेको उनले बताए ।
    अत्याधिक गर्मीका कारण अस्पताल र नीजी स्वास्थ्य क्लिनीकहरुमा बिरामीको चाप पनि बढ्न थालेको छ । वीरगन्जको नारायणी अस्पतालमा पछिल्ला दिनमा बिरामीको चाप बढेको अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए । अहिलेको गर्मीको समयमा विशेष गरि बालबालिकाहरुमा झाडा पखाला, ज्वरोको समस्या देखिएको छ ।

    गर्मीको समयमा पातलो कपडा लगाउन र पानी तथा झोलयुक्त खाना बढी सेवन गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । गर्मीबाट बच्नको लागि बिहान बेलुका मात्र घर बाहिर निस्किने , सकेसम्म दिउँसो चर्को घाम लागेका बेला घरबाट बाहिर निस्किने ,निस्कनै परे पूरा शरिर ढाक्ने गरी कपडा लगाउने र छाताको प्रयोग गर्ने, चिसो र रसिलो तरल पदार्थहरु बढी सेवन गर्नु पर्ने डाक्टरहरुको सुझाव छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाकाअनुसार आज मधेस प्रदेशका केही ठाउँ तथा कोशी र लुम्बिनी प्रदेशका तराई–मधेस भूभागका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ ।

    Share this:

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑