वीरगंज | चालू आर्थिक वर्षको नौ महिनामा नेपालले गरेको कुल वैदेशिक व्यापारमा भारतको मात्रै हिस्सा ६३.०२ प्रतिशत रहेको छ । भन्सार विभागका अनुसार कुल यो अवधिमा कुल वैदेशिक व्यापार १२ खर्ब ८१ अर्बको भएको छ । त्यसमध्ये भारतसँगको मात्रै व्यापार आठ खर्ब सात अर्बको व्यापार भएको छ । त्यस्तै, बढी आयात–निर्यात हुने दोस्रो मुलुक चीनसँगको व्यापारको हिस्सा १७.०८ प्रतिशत छ । नेपालसँगको वैदेशिक व्यापारमध्ये चीनको व्यापार दुई खर्ब १८ अर्ब भएको विभागको तथ्यांक छ ।
भौगोलिक रूपमा सिमाना जोडिएका दुई देश भारत र चीनसँगै नेपालको वैदेशिक व्यापारमा वर्चस्व कायम छ । सबैभन्दा बढी वस्तु आयात हुने र बढी निर्यात हुने दुवै देशमा भारत र चीन पर्छन् । भारतबाट सात खर्ब २९ अर्बको वस्तु आयात भएकोमा नेपालको भारततर्फ ७७ अर्ब ८५ करोडको वस्तु निर्यात भएको छ । यस अवधिमा भारतसँग नेपालको १० खर्ब ५३ अर्ब व्यापार घाटा देखिएको छ । चीनबाट दुई खर्ब १६ अर्बको वस्तु आयात भएकोमा नेपालले चीनतर्फ दुई अर्ब ११ करोडको वस्तु निर्यात गरेको छ । चीनसँग नेपालको व्यापार घाटा ६ खर्ब ५१ अर्ब पुगेको छ ।