वीरगंज | काठमाडौंमा रहेको नेपाल मेडिकल कलेजको एनआइसियू कक्षको स्तरोन्नति गर्दै नयाँ शैया थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० शैयाको एनआइसियूमा अहिले थप १४ वटा शैया थपेर २४ वटा पुर्याइएको हो ।
शुक्रबार कलेजका प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर जैनुद्धिन अन्सारीले थप गरिएका नयाँ शैयाको उद्घाटन गर्दै सघन उपचार आवश्यक नवजात शिशुहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नयाँ एनआइसियू शैया थप गरिएको बताए ।
उनले भने,‘ ‘यसअघि १० बेडकोमात्र एनआइसियू थियो । त्यसलाई अपग्रेट गरी अरु १४ बेड थपिएको हो । खासगरी समय अगाडी जन्मिएका, कुनै स्वास्थ्य समस्या भएका नवजात शिशुहरुलाई उच्च निगरानीमा राखि उपचार गर्नका लागि एनआइसियू चाहिन्छ ।
नेपाल मेडिकल कलेजले पछिल्लो समय स्वास्थ्य सेवातर्फ नविनतम उपचार विधिहरु भित्रयाउन लागिएको प्रबन्ध निर्देशक अन्सारीले जानकारी दिए। कलेजको स्वास्थ्य सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन नयाँ सेवाहरु थालनी गर्न लागिएको भन्दै उनले चाडैं नै कलेजको सिटी स्क्यान, एमआरआई अपग्रेट गरिने, कार्डियोलोजी र अंकोलोजी सेवाहरु थप गर्ने बताए ।