बारा । सिकिन्द्र साह | बारा जिल्लाको सिम्रौनगढ नगरपालिका स्थित ईलाका प्रसासन कार्यलयमा प्रमुख अधिकृत बिहिन भएपछि, बिगत छव महिनादेखि नागरिकता लिने सेवा अब्रुद भएको थियो। यसले गर्दा स्थानीयहरूले सास्ती भोगेका थिए। तर, जिल्ला प्रसासन कार्यलयका नायब सुब्बा अरुण साहले सिम्रौनगढ ईलाका प्रसासन कार्यलयमा आएपछि, यहाँका स्थानीय बासिन्दा र पचरौता नगरपालिका तथा आदर्श कोतवाल गाउँपालिका नागरिकहरूले सहज रुपमा नागरिकता प्राप्त गरिरहेका छन्।
नागरिकता बनाउने क्रममा स्थानीय बासिन्दा सिम्रौनगढ नगरपालिका सात टोल जानकिनगर निवासी शान्ति देबीले ईलाका प्रसासन कार्यलयमा नागरिकता लिनका लागि कुनै किसिमका झन्झट नरहेको समेत बताएका थिए। “दिनहु नाया नागरिकता तथा प्रतिलिपि लिनका लागि बिस जना देखि चालिस जनालाई सहज रुपमा सेवा प्रदान गरिएको छ,” सुबा साहले बताए।
हप्ताको तीन दिनसम्म सिम्रौनगढ ईलाका प्रसासन कार्यलयमा अत्यन्त आवश्यक कार्य भएकोमा जिल्ला प्रसासन कार्यलयले सेवा गरिरहेको छ। भिडभाड भएको बेला, तीन दिन देखि पाँच दिन सम्म सिम्रौनगढमा सेवा गरिने गरिएको बताए सुब्बा अरुण साह।