• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    शारदा माविमा विद्यार्थीबिचको विवादमा शिक्षकलाई बदनाम गराइयो : प्रअ मेहता

  • वीरगंज संजाल
  • Oct 11, 2023, 12:24 pm
  • ५१३

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका – २४ स्थित शारदा माध्यमिक विद्यालय बहुअरी सुगौलीका प्रधानाध्यापक विनोद महेताले विद्यार्थीहरूबिच भएको विवादलाई सञ्चारमाध्यमले बङ्ग्याएको आरोप लगाएका छन् । केही दिन अगाडि शारदा माविका शिक्षकले विद्यार्थीलाई कक्षाकोठामा थुनेर कुटेको भन्दै विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारको खण्डन गर्दै प्रधानाध्यापक महेताले यस्तो आरोप लगाएका हुन् । नियमित पठनपाठनलगायतको विषय उठान गर्दै विरोध प्रदर्शन गरिरहेका विद्यालयका प्राविधिक सङ्काय र माविका विद्यार्थीबिच भएको विवादलाई सञ्चारमाध्यमले बङ्ग्याएर शिक्षकले विद्यार्थीलाई कक्षाकोठामा थुनेर कुटपिट गरेको भन्दै सम्प्रेषण गरेको महेताको भनाई छ ।

    ‘गत आइतबार विद्यालयमा कोही पनि शिक्षक नभएको बेला प्राविधिक सङ्कायका विद्यार्थीहरूले विद्यालयको मूल ढोकामा तालाबन्दी गरेका थिए । सोही बेला आएका माविका विद्यार्थी र उनीहरूबिच विवाद सुरु भयो । विवादका क्रममा उनीहरूबिच हातपात समेत भयो,’ महेताले भने, ‘हातपातको खबर सुन्न साथ विद्यालय पुगेका माविका शिक्षकहरूले विवादलाई समाधान गर्न पहिलो तल्लामा रहेका प्राविधिक सङ्कायका विद्यार्थीलाई माथि नै रोक्न केही समयका लागि भर्‍याङ अगाडि रहेको कैँची ढोकालाई बन्द गरिदिए । सोही दृश्यलाई कैद गरेर केही सञ्चारकर्मी साथीहरूले विषयलाई बङ्ग्याएर सम्प्रेषण गरिदिनुभयो ।’ विवाद उग्र हुँदै कसैलाई चोटपटक नलागोस् भनेर शिक्षकहरूले गरेको राम्रो कामलाई समेत सञ्चारमाध्यमले सत्य तथ्य नै नबुझी बङ्ग्याएर लेख्नु गलत भएको उनको कथन छ । विवादलाई साम्य पार्ने बाहेक शिक्षकहरूको कुनै संलग्न समेत नभएको उनको दाबी छ । मेहताको दाबीलाई विद्यार्थीले पनि समर्थन गरेका छन् । प्राविधिक सङ्कायमा अध्ययनरत अनिल साहले पनि विद्यार्थीबिच भएको विवादलाई साम्य पार्ने उद्देश्यका साथ शिक्षकहरूले केही समयका लागि भर्‍याङ अगाडिको कैँची ढोका बन्द गरेको स्वीकारे ।

    विवादले उग्र रूप लिएपछि अन्तिम विकल्पका रूपमा शिक्षकहरूले बाध्य भएर प्राविधिक सङ्कायका विद्यार्थीलाई पहिलो तल्ला मै रोक्न भर्‍याङ अगाडिको ढोका बन्द गरेको उनले बताए । ‘विद्यार्थीबिचको विवाद उग्र बन्दै गइरहेको थियो । दुवै समूहका विद्यार्थी आक्रोशित थिए । विवादलाई थप बढ्न नदिन शिक्षकहरूद्वारा हामीलाई माथि नै रोक्न केही बेरका लागि भर्‍याङ अगाडिको कैँची ढोका बन्द गरिएको थियो,’ विद्यार्थी साहले भने, ‘सञ्चारमाध्यममा आए जस्तो हामीलाई थुन्न अथवा कुट्नको लागि होइन ।’ विद्यालयका प्रधानाध्यापक विनोद महेताले सञ्चारमाध्यममा लगाइएका अन्य आरोपहरूको पनि खण्डन गरे । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पैसा पठाए पनि विद्यालयले शिक्षकहरूको तलब भत्ता रोकेको भन्दै आएका समाचारहरू पनि निराधार र तथ्यहीन भएको उनले बताए । उनले भने, ‘शारदा माविमा सञ्चालित सीटीईभीटीअन्तर्गतका कोर्सका लागि कुनै पनि सरकारी निकाय, दाता अथवा एजेन्सीबाट सहयोग आउँदैन । विद्यार्थीहरूबाट उठेको शुल्कबाट कोर्स चल्छ । पैसा नै नपाएको खण्डमा त्यसलाई रोकेर राख्ने कुरै भएन ।’ सीमित विद्यार्थीहरूले पनि समयमा शुल्क नबुझाउँदा शिक्षकलाई तलब दिन समस्या परेको उनको भनाई छ ।

    ‘विद्यार्थीको सङ्ख्या सीमित छ । उनीहरूले पनि समयमा शुल्क बुझाउँदैनन् । कुनै सरकारी निकाय वा दाताबाट सहयोग पनि आउँदैन, विद्यालयको खातामा पनि पैसा छैन,’ उनले यात्रा डेलीलाई भने, ‘यस्तो अवस्थामा शिक्षकलाई तलब दिन कहाँबाट पैसा ल्याउने ?’राजनीतिक द्वेष र रिसिइबिका कारण विद्यालय भित्र र बाहिरका केही तत्त्वहरूले विद्यार्थीलाई उक्साएको हुनसक्ने महेताको आशङ्का छ । प्रयोगात्मक परीक्षा चलिरहेको बेला नियमित कक्षा सञ्चालन सञ्चालन नभएको भन्दै विद्यार्थीले गरेको आन्दोलनको पनि कुनै औचित्य नै नभएको उनले बताए । ‘१८ गते बिहीबारसम्म उनीहरूको प्रयोगात्मक परीक्षा थियो । अनि १४ गते नै नियमित कक्षा सञ्चालन हुनुपर्‍यो भन्दै विद्यार्थीले विरोध गर्न थाले । यो उनीहरू आफैले गरेकै होइनन् । अन्य तत्त्वहरूले उनीहरूलाई उक्साएका छन्,’ उनले भने । प्राविधिक शिक्षाको कक्षाहरू नियमित रूपमा सञ्चालनमा ल्याउन विद्यालय प्रयासरत रहेको महेताले बताए । अभिभावक, जनप्रतिनिधि, विद्यार्थी सबैसँग छलफल गरेर एउटा निक्र्यौल निकाल्ने प्रयास जारी रहेको उनले बताए । वीरगञ्ज महानगरपालिकाले पनि यसको लागि पहल गर्नुपर्ने उनको भनाई थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑