• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रेमीसंग मिलेर श्रीमानको हत्या गर्ने सोनम बारामा पक्राउ

  • वीरगंज संजाल
  • Oct 2, 2023, 3:42 pm
  • ७२५

    वीरगंज । बाराको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मीनियामा यहि असोज ९ गते मृत भेटिएका भारतीय नागरिकको हत्या उनकै श्रीमतीको योजनामा भएको खुलेको छ । आफ्ना प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा बारा प्रहरीले मृतककी श्रीमतीलाई पक्राउ गरेपछि यो खुलासा भएको हो । बाराको पचरौता नगरपालिका ६ लक्ष्मीनियामा अजितकुमार सिंहको हत्या गरेको आरोपमा प्रहरीले उनकी श्रीमती भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना – १ सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहलाई पक्राउ गरेको हो । बाराको सिम्रौनगढबाट भारत भाग्दै गरेको अवस्थामा उनलाई सिमा क्षेत्रबाट पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । सोनमले आफ्नो प्रेमीसँग मिलेर अजितको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बाराका प्रहरी उपरीक्षक सुरेश काफलेले बताए । सोनम र उनका प्रेमीले मिलेर असोज ९ गते अजितको लक्षिमनियीस्थित नेपाल–भारतको सिमानाका नजिकै गोली हानी हत्या गरेका थिए ।
    हत्यामा संलग्न रहेका सोनमका प्रेमी भारतको मोतिहारी जिल्ला दर्पा थाना – १ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, त्यही ठाउँ निवासी २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी, २० वर्षीय कामेश्वर सहनी र २० वर्षीय रञ्जित मुखिया फरार रहेको प्रहरी उपरीक्षक काफलेले जानकारी दिए । भारतीय प्रहरीसँगको समन्वयमा फरार रहेकाहरूको खोजी कार्य भइरहेको उनले बताए ।

    प्रहरी उपरीक्षक काफलेका अनुसार सोनमले प्रेमी सुजितसँग योजना बनाएर अजितको हत्या गरेकी थिइन् । भारतीयलाई नेपालमा ल्याएर हत्या गरे पक्राउ नपर्ने भन्ने मनसायले उनीहरूले अन्य आरोपितहरूसँग मिलेर बारा जिल्लाको सिमानाका नजिकै ल्याएर अजितको गोली हानी हत्या गरेका थिए । सोनमले सुजितसँग आफ्नो अवैध सम्बन्ध रहेको प्रहरीलाई बयान दिने क्रममा स्वीकार समेत गरेको काफलेले बताए । असोज ९ गते सुजितले अजितलाई आफ्नो मोटरसाइकलमा पछाडि बसाएर भारतसँग जोडिएको नेपाली सिमानाका लक्ष्मीनियासम्म ल्याएका थिए । त्यहाँ अजितमाथि सुजितले गोली प्रहार गरेका थिए । अर्को मोटरसाइकलमा आएका ३ जना युवकले घटनास्थल रेकी गरेका थिए । अजितको हत्या पश्चात् सुजितले सोनमलाई फोन गरेर काम भएको भन्दै भाग्न आग्रह गरेका थिए । उनी बाराको सिम्रौनगढमा बस्दै आएकी थिइन् । घटनाको पछाडिको कारण प्रेम सम्बन्ध मात्र नभई पैसाको लेनदेन पनि रहेको प्रहरी उपरीक्षक काफलेले बताए । सुजित र अजित एउटै आपराधिक समूहका सदस्य हुन् । उनीहरूले करिब तीन वर्ष अगाडि भारतको घोडासहनको एक ठाउँमा सुन लुटपाट गरेका थिए । सुन विक्री गरेर आएको आठ लाख रुपैयाँ नगदको विषयलाई लिएर उनीहरूबिच लामो समयदेखि विवाद चल्दै आएको थियो ।

    सुन बेचेर उनीहरूले भारतको छौडादानोमा जग्गा प्लटिङमा लगानी गरेका थिए । छौंडादानोको जग्गाको हिस्साबारे विवाद हुँदा सुजितले मृतक पत्नी अर्थात् आफ्नो प्रेमिका सोनमसँग मिलेर हत्या गर्ने योजना बनाएका थिए । पैसाको विषयमा विवाद भएर समूहमा अजित अगाडि बढ्न खोजेपछि उनको हत्या गरिएको अनुसन्धानबाट खुलेको काफलेले बताए ।त्यही समूह एक वर्ष अघिपनि भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत–१४ का उपप्रमुखको हत्यामा समेत संलग्न रहेको खुलेको छ । त्यस्तै सुजितको समूहले एक वर्ष अगाडि बारामा पनि एक जनाको हत्या गरेको खुलेको छ । २०७९ पुस ८ मा भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवलाई पनि यही समूहले गढीमाई नगरपालिका–२ स्थित भुतही पुलमा हत्या गरेको थियो । शिवपुजनसँगै मोटरसाइकलमा आएका सुजितले गोली प्रहार गरी उनको हत्या गरेर फरार भएका थिए । उक्त घटना प्रकरणमा प्रहरीले भारत घोडासहनका प्रमोद रामलाई यसअघि नै पक्राउ गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑