पर्सा । पर्साको कालिकामाई गाउँपालिका कार्यालयमा बिपक्षी हरुले ताला लगाई कार्यालय बन्द गर्ने धमकी दिएकोले अाज बिपक्षी हरुको बहुमत नपुगेकोले असफल बनेका छन।
गाउँपालिकाको कार्यपालिका बोर्ड बसेको बैठक भादौ २९ गते का निर्णय गरि गाउँपालिका बाट १० जना कर्मचारी हरुलाई हटाएको बिषयमा बिपक्षी हरुले बिभिन बहाना बनाउदै बिना बोर्ड बैठकको निर्णय बाट हटाएको भन्दै गाउँपालिकामा असोज २ गते बिपक्षी हरुले धमकी पुर्ण ज्ञापनपत्र गाउँपालिकामा बुझाएका थिए।
बिपक्षी हरुले ज्ञापनपत्रमा लिखित भन्नेको थियो कि गाउँपालिकाले कर्मचारी हरुलाई काम काजमा नल्याए गाउँपालिका मा ८ गते ताला बन्द गरिने ज्ञापनपत्रमा उलेख गरिएको थियो।
बिपक्षीहरु बहुमत नपुगेको कारण असफल बनेका छन । गाउँपालिकाको कार्यपालिका र गाउँपालिका सदस्य हरुको निर्णय अनुसार कर्मचारी हटाएको गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले बताए ।