वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरलाई हरियाली बनाउन चोकचोक र खाली स्थानमा वृक्षारोपण गर्न सबै सँग आग्रह गरेका छन् ।
‘सफा वीरगंज, स्वच्छ वीरगंज’ बनाउने अभियानमा लागि परेको भन्दै उनले महानगरले समेत अहिले वृक्षा रोपणलाई तिब्रता दिएको र यसमा सबै क्षेत्रले साथ र सहयोग गर्नु पर्नेमा जोड दिएका हुन् । एलाइड युथ सोसाइटी र पहिलो पाइला नेपालको संयुक्त आयोजनामा रजत जयन्ती चोकमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागि हुँदै उनले युवाहरु जस्तै सबै क्षेत्रको साथ भए वीरगंजलाई वैभव बनाउन समय नलाग्ने बताए ।
कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति डा.दिपक शाक्य, ससस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंह, विभिन्न संघ/सस्थाका प्रतिनिधि, एलाइड युथ सोसाइटीका अध्यक्ष ओमकुमार झा, पहिलो पाइला नेपालका उपाध्यक्ष राज साह लगायतको सहभागिता रहेको थियो ।