• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज नाकाबाट ट्यांकरमै पेट्रोलको तस्करी

  • वीरगंज संजाल
  • Sep 22, 2023, 2:36 pm
  • ६३३

    वीरगंज । भारतको बरौनीबाट बाराको अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्यांकरमा नै वीरगन्ज नाका हुदैं पेट्रोल तस्करी हुने गरेको भेटिएको छ। गत २९ भदौमा तोकिएभन्दा बढी परिमाणमा पेट्रोल ल्याएर तस्करी गरिरहेको अवस्थामा एउटा ट्यांकर वीरगन्ज भन्सार कार्यालयले समातेको हो। इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी रिफाइनरीबाट पेट्रोल ढुवानी गर्ने ना.४ख ३१५६ नम्बरको ट्यांकरमा घोषणा गरिएकोभन्दा एक हजार आठ सय लिटर बढी पेट्रोल भेटिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए। उनका अनुसार पक्राउ परेको ट्यांकर बरौनी रिफाइनरीबाट २० हजार लिटर पेट्रोल बोकेर वीरगन्ज भन्सार मातहतको अलौँ आइसिपी हुँदै आएको थियो।

    ट्यांकरचालक जयलाल दास तात्वाले २० हजार लिटर मात्रै पेट्रोल ल्याएको भनी घोषणा गरेर जाँचपास गराउन खोजेका थिए। त्यसपछि शंका लागेर कर्मचारीले आइसिपीको काँटामा गाडीसहितको तौल गर्दा बढी देखिएपछि तत्कालै ट्यांकर र चालकलाई नियन्त्रणमा लिएर नापजाँचका लागि आयल निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्ज डिपोमा पठाइएको थियो। अमलेखगन्ज डिपोले ट्यांकरमा रहेको पेट्रोलको परिमाण नापजाँच गर्दा बढी तेल ल्याएको पुष्टि भएको हो। वीरगन्ज भन्सारका सूचना अधिकारी ढकालले तस्करी भइरहेको सूचना पाएर नियन्त्रणमा लिएको र भन्सार कार्यालयको मुद्दा शाखामा थप अनुसन्धानपछि ट्यांकरका चालक तात्वालाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाडेको बताए। तस्करी गरिरहेको ट्यांकर अहिले अमलेखगन्ज डिपोमा नै रहेको र कर छली अभियोगमा भन्सारका तर्फबाट थप अनुसन्धान भइरहेको ढकालले बताए।

    २९ भदौमा एउटा ट्यांकरमा तेल तस्करी भइरहेको अवस्थामा समातेपछि अहिले वीरगन्ज भन्सार हुँदै आउने अन्य ट्यांकरलाई समेत सूक्ष्म किसिमले चेकजाँच गरिरहेको उनले जानकारी दिए। पेट्रोल तस्करीमा संलग्न ट्यांकरधनी वीरगन्जनिवासी कुलवन्त सिंहलाई भन्सार कार्यालयले निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ। यसैबीच, आयल निगमको केन्द्रीय कार्यालयले पेट्रोल तस्करी पुष्टि भएपछि ढुवानीमा प्रयोग भएको ना.४ख ३१५६ नम्बरको ट्यांकरलाई तीन महिनासम्म इन्धन ढुवानीमा रोक लगाउने गरी निलम्बन गरेको जनाएको छ। निगम प्रवक्ता मनोज ठाकुरका अनुसार चालक तात्वालाई भने आजीवन पेट्रोलियम ढुवानीमा प्रतिबन्ध लगाउने निर्णय भइसकेको छ। यसअघि भैरहवा भन्सार कार्यालय हुँदै गत ८ वैशाखमा पनि तीन हजार लिटरभन्दा बढी डिजेल तस्करी हुँदै गर्दा भन्सार कार्यालयले समातेको थियो। साभार:नयाँपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑