• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    यादवले संसदमा आवाज उठाएपछि नेपाल विद्युत् प्राधिकरणकाे सूचना

  • वीरगंज संजाल
  • Sep 3, 2023, 3:14 pm
  • ६३३

    वीरगंज । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगी र व्यवसायीहरूलाई बक्यौता महसुल तिर्न निर्देशन दिएको छ । प्राधिकरणले आइतबार एउटा सार्वजनिक सूचना जारी गर्दै महसुल बक्यौता १५ दिनभित्र नतिरे विद्युत् महसुल सङ्कलन विनियमावलीमा भएको व्यवस्थाबमोजिम लाइन काटिने चेतावनी दिएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले गत मङ्गलवार संसदमा यस विषयमा प्रश्न उठाएका थिए । उनले विद्युत् प्राधिकरणको लापरबाहीका कारण सरकारलाई अर्बौँ रुपैयाँ घाटा भइरहेको बताउँदै डेडीकेटेड तथा ट्रङ्क लाइन लिएका उद्योगीहरूसँग छिटोभन्दा बक्यौता उठाउन माग गरेका थिए । पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हुने बेला उद्योगहरूलाई कहिल्यै लाइन नजाने गरी दिएको डेडिकेटेट र ट्रङ्क लाइन लिए बापत ५८ उद्योगी र व्यवसायीहरूले महसुल नबुझाएको जानकारी समेत गराएका थिए ।

    जगदम्बा स्टिल, डाबर नेपाल, शिवम सिमेन्ट, अग्नि सिमेन्ट, सम्राट् सिमेन्ट, घोराइ सिमेन्टलगायतका ५८ वटा उद्योगहरूबाट नेपाल विद्युत् प्राधिकरणले झन्डै १० अर्ब १४ करोड ८ लाख रुपैयाँ महसुल उठाउन बाँकी रहेको पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले बताएका थिए । यादवले प्रश्न उठाएपछि यस विषयमा प्राधिकरणको ध्यान केन्द्रित भएको छ । उनले उद्योगी व्यवसायीसँगको मिलेमतोमा बक्यौता महसुल नउठाएको भन्दै आपत्ति जनाएपछि प्राधिकरणले आइतबार सूचना जारी गरेको हो । विगतमा डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत् सप्लाई लिई सो बापतको विद्युत् महसुल भुक्तानी गर्न बाँकी भएका सम्पूर्ण उपभोक्ताहरूलाई नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण विनियमावली, २०७८ को विनियम २७ (६) बमोजिम सम्बन्धित वितरण केन्द्रहरूबाट बक्यौता महसुल बुझाउन पटक/पटक पत्राचार गरिएकोमा हालसम्म पनि बक्यौता महसुल नबुझाएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ । विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ मा छुट बिलिङ गरेकोमा उपभोक्ताले छुट बिल प्राप्त गरेको मितिले ७ दिनभित्र महसुल बुझाएमा बिल रकमको २ प्रतिशत छुट दिइने र छुट बिल प्राप्त गरेको मितिले ८ औँ दिनबाट ६०औँ दिनसम्म महसुल बुझाएमा बिल अनुसारको महसुल लाग्ने र ६०औँ दिनपछि महसुल बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्ने व्यवस्था छ ।

    मिटर रिडिङ गरेको ६० औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा विना सूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटिने व्यवस्था विनियमावलीमा छ । डेडिकेटेड तथा ट्रङ्क लाइनतर्फका ५१ उपभोक्ताहरू उल्लेखित बक्यौता रकम तिर्न मञ्जुर नभई विभिन्न अदालतहरूमा रिट दर्ता गरेका थिए । अदालतबाट ४३ वटा उपभोक्ताहरूको रिट खारेज गर्दै महसुल तिर्नुपर्ने निर्णय गर्दै प्राधिकरणकै पक्षमा फैसला भएको थियो । २०७२ साउनदेखि २०७२ पुससम्मको ९७ करोड ४३ लाख, २०७२ माघदेखि २०७५ वैशाखसम्मको अर्थात् लोडसेडिङको अन्त्य हुनु अघिसम्मको ६ अर्ब ४१ लाख, २०७५ जेठदेखि २०७७ जेठसम्मको अर्थात् लोडसेडिङ अन्त्यपछिको अवधिको ८ अर्ब ४४ करोड ९६ लाख गरी १५ अर्ब ४२ करोड ८० लाख रुपैयाँ बक्यौता रहेको जनाएको छ । यसमा जरिवानासमेत जोड्दा करिब २० अर्ब पुग्ने प्राधिकरण स्रोत बताउँछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑