• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सिडिओ अफिस सिरहामा बिचौलिया यादवको हालीमुहाली, मिटरब्याज पीडितसँग पनि असुल्छन घुस

  • वीरगंज संजाल
  • Sep 3, 2023, 12:04 pm
  • ३५७

    सिरहा । सरकारले मिटरब्याज सम्बन्धी विद्येयक पारित गरेपछि मिटरब्याजबाट पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा आसारा लिन थालेपछि बिचौलियाहरु पनि उत्तिकै सक्रिय भएको छ । सिरहामा मिटरब्याज सम्बन्धी उजुरी र छलफल सुरु भएदेखि नै सिडिओ कार्यालयमा बिचौलिया मनोज यादवको हालीमुहाली देखिएको छ । कुनै प्रतिनीधि समेत नरहेका मनोज यादव मिटरब्याजको हरेक छलफलमा उनी दलाली गर्दै आएको आरोप छ । यादवले मिटरब्याज पीडितहरुबाट समेत आर्थिक रकम असुली गर्दै आएको आरोप छ । सिडिओ कार्यालय सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रतिनीधिको साथै दलाल मनोज यादव सक्रिय भूमिका खेल्दै आएका छन् । मिटरब्याज मुद्दामा पीडित, साहुसँग समेत आर्थिक लेनदेन गरी सोही अनुसार निर्णय गर्ने गरेको पाईएको छ ।

    सिडिओ कार्यालय सिरहामा महिनौदेखि मनोज यादव दलाली गर्दै आएका छन् । मिटरब्याज सम्बन्धी छलफल सुरु भएदेखि नै मनोज यादव प्रशासनको दूतको रुपमा कार्यगर्दै आएको छ । मिटरब्याज पीडितहरुसँग बार्गेनिँग गर्ने, पीडकसँग समेत बार्गेनिँग गरी सोही अनुसार निर्णय समेत दिने गरेको बताईएको छ ।न्यूज ब्यूरोले जिल्ला प्रशासन कार्यालय सिरहामा गरेको स्टीँग अपरेशनको क्रममा मनोज यादवलाई किन आउनुभएको भनेर सोध्दा, उनले आफूलाई मिटरब्याज पीडितले बोलाएको जवाफ फर्काउँछन् । यद्यपी, मनोज यादव विगतदेखि नै हरेक छलफलमा दलाली गर्दै आएका छन् । कुनै प्रतिनीधि, जनप्रतिनीधि वा प्रशासनकै कुनै प्रतिनीधि समेत नरहेका मनोज यादव प्रशासनकै आडमा मिटरब्याज पीडितहरुलाई झन पीडा दिँदै आएको छ । साहु र ऋणीबीच छलफल गराउँदा मनोज यादवले निर्णय पल्टाउनको लागि रकम लिने गरेको खुलेको छ ।यादवलाई जिल्ला प्रशासन कार्यालय सिरहाकै केही कर्मचारीहरु संरक्षण गर्दै आएका छन् । रकम उठाउने मुन्सीको रुपमा यादवलाई जिप्रका सिरहाले प्रयोग गर्दै आएको श्रोत बताउँछन् । नाम नखोल्ने शर्तमा एक स्थानीयले मनोज यादव सिडिओ कार्यालय सिरहामा बर्षौदेखि दलालीको काम गर्दै आएका छन् ।

    सिडिओ कार्यालय सिरहाका कर्मचारी रामहरी मण्डल र मनोज यादवबीच घुस उठाउने सम्बन्ध रहेको बताईन्छ । मण्डलले नै दलाल यादवलाई संरक्षण गर्दै आएको छ । सिरहाका तत्कालिन सिडिओ लालबाबु कवारी हुँदा एक व्यक्तिलाई मनोज यादवले नै एक लाख रुपैयाँ लिएर नागरिकता बनाईदिएको प्रमाण फेला परेको छ । सो प्रकरणमा सिरहाको नरहा गाउँपालिकामा समेत कार्यरत सुबिन यादवले मिलोमत्तो गरी एक लाख रुपैयाँ उठाएको बताईएको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा पत्रकारहरु रिपोर्टिङ गर्न जाँदा जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत रामहरी मण्डल र सुबिन यादव लगायतका कर्मचारीले नानाथरीको जालझेल गरि पत्रकारलाई दुरव्यवहार गरि बाहिर निकाल्ने गरेको पाइएको छ । यता, जिल्ला प्रशासन कार्यालय सिरहामा मिटर ब्याजिहरुको छलफलमा घुस बिना कुनै काम नहुने गरेको एक पीडितले बताए । गरिब, असाहय , निमुखा जनतालाई हपकाउने डराउने , तर्साउने गरि पैसा असुलेको आरोप समेत लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑