वीरगंज । नेपाल-भारत युवा मैत्री संघकाे पर्सा जिल्ला अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता शैलेन्द्र यादव मनाेनित भएका छन् ।
संघकाे पर्सा जिल्ला अध्यक्षमा यादवलाई संघका केन्द्रीय अध्यक्ष महेन्द्र यादवले मनाेनित गरेका हुन् ।
पर्साकाे सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ६ निवासी यादव, गत स्थानीय तहकाे निर्वाचनमा कांग्रेसका तर्फबाट गाँउपालिका अध्यक्षकाे उम्मेदवार बनेका थिए । यादव, कांग्रेसको भातृ संगठन नेविसंघको पर्साकाे पुर्व सभापितपनि हुन् ।