वीरगंज । भारतको मिजोरममा निर्माणाधीन रेल्वे पुल बुधवार बिहान भत्किँदा कम्तीमा १७ जना मजदुरको मृत्यु भएको छ ।
भारतीय प्रहरी अधिकारीहरूका अनुसार यो घटना मिजोरम राज्यको राजधानी आइजलबाट झन्डै २० किलोमिटर पर रहेको सैराङ क्षेत्रमा भएको हो । दुर्घटनामा घाइते भएकाहरूका पूर्ण विवरण प्राप्त भइनसकेको बताइएको छ ।
यसैबीच घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारलाई दुई लाख भारु क्षतिपूर्ति दिइने जनाएका छन् । प्रधानमन्त्री मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छनन् ।