वीरगंज । धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख २९८६ नम्बरको बस आज बिहान पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– २ घ्युखोलामा दुर्घटनामा परेको छ ।
दुर्घटनामा परी बसमा सवार ३५ जनामध्ये २९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए। पौडेलका अनुसार ब्रेक फेल भई बस सडक कुनामा ठोक्किएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरूमध्ये नाैजनाको अवस्था मध्यम रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको छ ।
घाइते भएकाहरूको दुम्कीबास स्वास्थ्य चौकी र मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । घाइते हुनेमा कैलालीका मात्रै २५ जना रहेका छन् भने बर्दियाका दुई र रौतहटका दुईजना रहेको प्रहरीले जनाएको छ।