• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजलाई चिनाउने चिया, नास्ता पसलेहरु राष्ट्रियस्तरको युवा सम्मेलनमा सम्मानित

  • वीरगंज संजाल
  • २८ श्रावण २०८०, आईतवार ११:५३
  • १२२९

    वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगन्जमा पहिलो पटक आयोजित राष्ट्रिय स्तरको युवा सम्मेलन सम्पन्न भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ र नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगन्जले संयुक्त रूपमा वीरगन्जमै पहिलो पटक आयोजना गरेको एक दिने राष्ट्रिय स्तरको युवा सम्मेलन “वीरगन्ज यूथ सम्मिट एन्ड अवार्ड्स – २०२३” शनिबार सम्पन्न भएको हो । विभिन्न पृष्ठभूमि र विचारका युवाहरूलाई एक मञ्चमा ल्याएर उनीहरूको साझा विचार राख्न र समसामयिक विषयमाथि छलफल तथा उठान गर्ने उद्देश्यका साथ आयोजित वीरगन्ज यूथ सम्मिट सफलतापूर्वक सम्पन्न भएको एनवाइईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवालले बताए । कार्यक्रममा नेपालका युवाले वर्तमान अवस्था भोगिरहेका समस्या र त्यसको दीर्घकालीन समाधानका बारेमा छलफल गरिएको अध्यक्ष सन्दीपले बताए । ‘यूथ सम्मिटका क्रममा भएका विभिन्न कार्यक्रमहरू मार्फत उपस्थित तिन सय भन्दा बढी युवाहरूले सक्रिय सहभागिता जनाउँदै आफ्नो जिज्ञासा, आकाङ्क्षा र नवीनतम विचार राख्दै समस्याहरूको दीर्घकालीन समाधानका बारेमा छलफल गरेका थिए,’ उनले भने ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले वीरगन्जलाई एउटा विकसितसँगै स्वच्छ, सुन्दर र आकर्षक नगरी बनाउने अभियानमा युवाहरूको साथ अपरिहार्य रहेको बताए । महानगरको मेयरमा आफूलाई निर्वाचित गराउन युवाहरूले नै ठूलो भूमिका खलेको बताउँदै उनले वीरगन्जका युवाहरूका लागि आफूले पनि धेरै थोक गर्न खोजिरहेको बताए । कार्यक्रममा प्रमुख वक्ताका रूपमा आएकी सफल अन्तराष्ट्रिय व्यावसायिक प्रशिक्षक र प्रेरक वक्ता मान्सी अग्रवालले भविष्यका लागि आवश्यक सिपका बारेमा चर्चा गरेकी थिइन् । वक्ता मान्सीले युवाहरूको लागि वर्षमा एक दिन छुट्याएर नहुने बताउँदै आगामी १५ वर्षसम्म प्रत्येक दिनलाई युवा दिवसका रूपमा मनाउनु पर्ने बताइन । ‘मलाई युवा दिवससँग समस्या छ । देशको आधाभन्दा बढी जनसङ्ख्या युवाहरूको भएपनि उनीहरूको सफलताको उत्सव मनाउन जम्मा एक दिन पर्याप्त छैन,’ उनले भनिन्, ‘एक हप्ता, एक महिना र एक वर्ष पनि पर्याप्त छैन । आउने १५ वर्ष युवाहरूको हो । त्यसैले प्रत्येक दिनलाई युवा दिवसका रूपमा मनाउनु पर्छ ।’ उनले वर्तमान समय जस्तो भविष्यमा म्यानुवल नभएर सबै काम स्वचालित किसिमले हुने बताउँदै सोही अनुरूप युवाहरूले सिप सिक्न आवश्यक रहेको बताइन । त्यस्तै समिटमा ‘परिवर्तन र नवप्रवर्तनमा युवा संलग्नता’ विषयमा प्यानल छलफल पनि गरिएको थियो । जहाँ प्रतिनिधिसभा सदस्य विना जयसवाल, शिक्षाविद् विनोद गुप्ता, एनवाइईएफकी राष्ट्रिय अध्यक्ष (एनजीसी अध्यक्ष) सहारा जोशी, वीरगन्ज उद्योग वाणिज्य संघको तालिम केन्द्रका संयोजक अनुप अग्रवाल र एनवाइईएफ वीरगन्जका अध्यक्ष सन्दीप अग्रवालले उद्यम र व्यसाय गर्दा युवाहरूले भोगिरहेको समस्याका बारेमा छलफल गरेका थिए ।

    पत्रकार ओमप्रकाश खनालले सहजीकरण गरेको प्यानल छलफलमा उनीहरूले सरकारकी नीति, अस्थिर राजनीत र बैंक ब्याज लगयातका कारण नेपालमा उद्यमशिलता विकास हुन् नसकेको बताए । संघीय संसदमा पनि युवाहरूको सहभागिता न्यून रहेकोले उद्यमशीलता र युवाका समस्याहरू राम्रोसँग उठान नहुन सकेको उनीहरूको भनाई थियो । कार्यक्रममा सफल उद्यमी र नवीनतम सोचका साथ फरक किसिमको व्यवसायको थालनी गरेकाहरूलाई सम्मानित पनि गरिएको थियो । सम्मानित हुनेमा एक सय वर्षभन्दा पनि बढी समयदेखि वीरगन्जमा नास्ता र खाजा पसल सञ्चालन गरिरहेका हँसुवा नास्ता पसल, विवाह तथा वर्तबन्धमा बाजागाजा बजाउने झूमक ब्याण्ड र चाट पसल मार्फत एउटा सफल व्यवसाय स्थापना गरेका शंकर चाट हाउसदेखि चिया पसल मार्फत वीरगन्जलाई एउटा पहिचान दिलाएका बब्लु टी स्टलसम्मलाई सम्मानित गरिएको थियो । उनीहरूलाई ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्डबाट सम्मानित गरिएको एनवाइईएफका अध्यक्ष सन्दीप अग्रवालले जानकारी दिए । वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोजकुमार दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, निवर्तमान अध्यक्ष गणेश प्रसाद लाठ, मधेस विश्वविद्यालयका उपकूलपति प्रा. डा. दीपक शाक्य लगायतको पनि उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑