वीरगंज । जनता समाजबादी पार्टीका प्रमुख सचेतक प्रदीप यादबले पहिचान र संघियता दिलाउँदै मधेसलाई समृद्धिको पाइलामा अघि बढाउने पार्टी जसपा मात्रै भएकाले यसमा गोलबद्ध हुन सबैलाई आह्वान गरेका छन् । शनिबार बिहान वीरगंज महानगरपालिकाकाे वडा नं. १४ को वडा इकाई कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका सांसद यादबले यस्तो आह्वान गरेका हुन् ।
उनले कठीन समयमा पनि मधेस र मधेसीको हक हितका लागि लड्ने पार्टी जसपा मात्रै भएकाले यसमा जुटेर बांकी रहेका अधुरा सपनालाई साकार पार्नु पर्ने आवश्यकता रहेको वताए । कार्यक्रममा जसपाका केन्द्रीय सदस्य समेत रहेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टी एक ढिक्का हुने गरि चलायमान बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी समसेद अख्तर सहितका व्यक्तिहरु पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई सांसद यादब र मेयर सिंहले टीका तथा फुलमाला लगाउँदै पार्टी प्रवेश गराएका थिए । सांसद यादव र मेयर सिंहको काम देखेर आफुहरु प्रभावित भएको भन्दै कांग्रेस छाडेर जसपा प्रवेश गरेको नवप्रवेशीहरुले बताए ।