वीरगंज । रामनिवास कुमार पटेल । पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ४ बहुअरी पिडारीस्थित नव निर्मित प्रसूतिगृहको शनिबार एक कार्यक्रम विच उद्घाटन गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथी पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य प्रदिप यादवले गरेका हुन् ।
नगरपालिकाबाट निर्माण भएकाे नवनिर्मित प्रसूतिगृहको उद्घाटन गर्दै सांसद यादवले प्रस्तुती गृहकाे सञ्चालन पश्चात् बहुधरमाइ नगरपालिकासहित गार्मिण भेगका अन्य स्थानका जनता पनि प्रत्यक्ष रूपमा लभान्वित हुने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा प्रसूतिगृहमा थप सेवाहरू विस्तार गर्नका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साहकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार, बहुदरमाई नगरपालिकाका उप मेयर सुष्मा कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत शेरे मुस्तुफा, रेडियाे वीरगंज एवम् टिभि वीरगंजका अध्यक्ष ध्रुव साह, लेखापाल उपेन्द्र साह, हरि प्रसाद कुर्मी लगायत नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू लगायत स्थानीयकाे उपस्थिति रहेको थियो ।