वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका कार्यालयमा फेरी चाेरी भएकाे छ । गाउँपालिकाकाे राष्ट्रिय परिचय पत्र शाखाकाे लेपटप र क्यामेरा चाेरी भएकाे हाे । राष्ट्रिय परिचय पत्र शाखाका ताल्चा फाेडेर अज्ञात समुहले शाखाकाे ल्यापटप र क्यामेरा चाेरेर लगेकाे गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कष्णनन्दन रायले वताए । केहि दिन पहिला मात्र गाउँपालिकाकाे राष्ट्रिय परिचय पत्र शाखाका कर्मचारी माथि हातपात भएकाे थियाे ।
स्थानिय जैनुल्लाह मियाँ, भुलावन मियाँ, ताहिर हुसेन मियाँ मन्सुरीले लागु औषधको सेवान गरि मात्तिएर कर्मचारीमाथि हातपात गरेका थिए । साे घटनाकाे सम्बन्धमा बिहिबार मात्र इलाका प्रहरी कार्यालय पाेखरियामा भएकाे छलफलमा हातपात गर्नेहरु माफी मागेपछि सहमतीमा सुल्झिएकाे थियाे । यस अघि पनि जगरनाथपुर कार्यपालिकाकाे राेजगार सेवा केन्द्रमा चाेरी भएकाे थियाे ।
तीन महिना पहिला अज्ञात समुहले राेजगार सेवा केन्द्रमा रहेकाे इन्टरनेटकाे राउटर चाेरी गरेर लग्नुकाे साथै इन्टरनेटकाे तार काटि दिएका थिए । त्यसैगरी चार महिना पहिला पनि जगरनाथपुर गाउँपालिकाकाे याेजना शाखाकाे राउटर समेत चाेरी भएकाे थियाे । स्थानिय केही उच्छृंखल व्यक्तिहरुले गाउँपालिकाकाे कामकाज प्रभावित पार्ने उद्देश्यले गाउँपालिका कार्यालयमा सामानहरु चाेरी गर्ने गरेकाे बुझिएकाे छ । यस तर्फ प्रहरी प्रशासनकाे ध्यान जान जरुरी रहेकाे छ ।